७ माघ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा, बर्दिबास खण्डको रेलवे लाइनको रुट परिवर्तनका लागि सरकारले कुरा गर्ने बताएका छन् । धनुषा क्षेत्र नं.–७ को सर्वदलीयप्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

प्रचण्डले भने,‘रेलवे लाइन बिस्तार गर्दा साविकका बस्ती बिस्थापित हुन्छ र मुआब्जापनि बढी लाग्छ भने त्यसको बैकल्पिक उपाय खोज्नु राम्रो हुन्छ । त्यसका लागि भौतिक योजना तथा निर्माण मन्त्रालय र रेलवे विभागका प्रतिनिधिहरुलाई बोलाएर कुरा गर्छु, आवश्यक परे भारतीय रेलवे विभागसँग पनि समन्वय गरेर समस्या समाधानका लागि पहल गर्छु ।’

prachanda-meet

भेटमा सर्वदलीयप्रतिनिधि मण्डलले जयनगर जनकपुर, बिजुलपुरा बर्दिबास खण्डको रेलवे लाइन साविककै स्थानबाट अगाडि बढ्दा ठूलो बस्ती बिस्थापित हुने र राज्यलाई मुआब्जाको भार पनि बढी पर्ने भएकाले बैकल्पिक मार्गको व्यवस्थाका लागि आवश्यक पहल गरी दिन आग्रह गरेका थिए ।