rape in hostel२० वैशाख,स्याङजा। स्याङ्जाको साखर गाविस घर भएकी एक १८ वर्षीया युवतीमाथि वुधवार राती सामुहिक बलात्कार भएको छ ।२ वटा मोटरसाईकलमा आएका चार जनाको समूहले उनलाई सामुहिक बलात्कार गरेका हुन् ।

अपरिचित यूवाहरुले ती युवतीलाई उनको घर नजिकैबाट जबरजस्ती उठाएर जंगलमा लगेर बलात्कार गरेका हुन् ।युवतीको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
स्थानीयको सहयोगमा बलात्कृत युवतीलाई रामपुरमा सामान्य उपचार गरी थप उपचारका लागि पाल्पा अस्पताल लगिएको छ । यूवाहरु फरार रहेको र उनीहरुको खोजी कार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

।सामान्य बिरामी भएकी युवतीमाथि बुधबार पाल्पाको रामपुरमा स्वास्थ्य परिक्षण गरि फर्कने क्रममा बलात्कार भएको थियो । ती यूवाहरु रामपुरको गुप्ता होटलमा आफूले नास्ता खाएदेखि नै पछि लागेका युवतीले बताएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले भने युवतीको पाल्पामा उपचार भइरहेको जानकारी दिएको छ।