११ फागुन, काठमाडौं।

सर्वाच्च अदालतसम्म पुगेको नेपाल प्रहरी आइजीपी नियुक्तिको विवादबारे आज सुनुवाइ हुँदैछ ।

डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयसँगै सर्वोच्च अदालतले यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशको सुनुवाइ आज हुन लागेको हो ।

सरकारले तेस्रो वरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यसपछि पहिलो वरियताका डिआइजी नवराज सिलवालले पनि आफू आइजीपी हुन किन नसक्ने भन्दै अर्को रिट दायर गरेका थिए । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासमा यस मुद्दाको सुनुवाइ हुनेछ ।