अण्डाको हरेक भागलाई प्रयोगमा ल्याउन सकिन्छ । जान्नुहोस्, तपाईका लागि उपयोगि अण्डाबारे टिप्स :

– शरीरको कुनै पनि भाग वा अंग काटिएको छ भने उमालिएको अण्डाको झिल्लीलाई काटिएको घाउमा टास्नुहोस्, यसमा भएको न्यूट्रिसिएट्सले फाइदा पुर्याउँछ ।

– त्यस्तै, घरमा मुसाको बिगबिगी छ भने मुसाको बाटोमा अण्डाको बोक्रालाई टुक्राएर राख्नुहोस्, मुसा आउन छोड्छ ।

– फोहोर तथा कालो भाडा–कुडालाई साबुन–पानीमा अण्डाको बोक्राको पाउडर मिसाएर मस्काउनुहोस् वा हल्लाउनुहोस् । तपाईको भाडा सफा र चम्किलो हुन्छ ।

– सब्जि तथा फलफूललाई किरा लाग्नबाट बचाउन अण्डाको बोक्रालाई टुक्र्याएर नजिकै राख्नुहोस् । यसले सधै किरा लाग्नबाट बचाउँछ ।

– अण्डाको बोक्राले अनुहारको चमक बढाउँन पनि काम गर्छ । अण्डाको पाउडरमा घिउकुमारीको जेल मिसाएर पेस्ट तयार पार्नुहोस् र अनुहारमा लगाउँनुहोस् । १०देखि १५ मिनेटपछि अनुहार धुनुहोस् ।

– अण्डाको बोक्रालाई धोएर पाउडर बनाउँनुहोस् । यस पाउँडरलाई जाडो मौसममा फेस प्याक बनाएर लगाउनुहोस्, तपाईको छाला नरम बनाउँछ ।