१५ चैत, काठमाडौं । अब हुने स्थानीय तहको चुनावबाट छानिने जनप्रतिनिधि कस्तो हुनुपर्छ ? संविधान र स्थानीय तह निर्वाचन ऐनले उम्मेदवार हुन केही योग्यता तोकेका छन् । शैक्षिक योग्यता भने तोकिएको छैन ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य बन्न मतदाता नामावलीमा नाम भएर २१ वर्ष पुगे पुग्छ । शैक्षिक योग्यता नतोकिएकाले निरक्षर पनि उम्मेदवार हुन पाउँछन् ।

उम्मेदरवारका लागि यसअघि स्थानीय निकाय निर्वाचन ऐनले तोकेको योग्यता नै कायम छ । ‘जनप्रतिनिधिका लागि शैक्षिक योग्यता तोक्नु हुँदैन भन्ने एउटा अवधारणा भएकाले संविधानमा उम्मेदवारका लागि शैक्षिक योग्यता तोकिएको छैन,’स्थानीय संरचनाबारे जानकार श्यकमृष्ण भुर्तेल भन्छन्, ‘पढेलेखेकै कारण कोही कुशल नेता हुन्छ भन्ने त होइन तैपनि परिवेशै नबुझेको मानिस ल्याएर हुन्न ।’आजको कान्तिपुरमा खवर छ ।