Nelson Mandela in hospital३० मङ्सिर, कुनु । दक्षिण अफ्रिकाको राजधानीमा जोहानसबर्गबाट हिजो राती आफ्नो पूखौँली घर कुनु ल्याइएको मन्डेलाको पार्थिव शरिर आज साँझस्थल समाधि गराई अन्त्येष्टि गरिदैँ छ । 

बाल्यवस्थादेखि किशोर हँदासम्म स्वर्गिय नेल्सन मन्डेलाले दक्षिण अफ्रिकामा एक सानो गाउँमा आफ्नो जीवन बिताउनु भएको थियो ।

मैदानी र डाँडाकाँडा भू–भागले ढाँकिएको रमणिय कुनु गाउँमा बस्तुभाउ चराउँदै रमाउँदै मन्डेला आफ्नो किशोरवस्था पार गर्नुभएको थियो ।

त्यसैबेला उहाँले स्थानीय प्रौढहरूबाट अनुशासन र संस्कारको पाठ सिक्नु भएको थियो ।

त्यही कुनुबाट उहाँले स्वतन्त्रताको लामो यात्रा सुरु गर्नुभएको हो । स्वतन्त्रता संग्राममा समर्पित हुन मन्डेलालाई कुनु , कुनुवासी र दक्षिण अफ्रिकी काला जनसमुदायले पूर्ण ऊर्जा प्रदान गरेका थिए ।

जीवनको आखिरी अवस्थातिर उहाँलाई कुनुमै बसोवास गर्न र यही नै प्राण त्याग गर्ने ठूलो इच्छा थियो ।
तर र्जीण र दीर्धरोगग्रस्त शरिरका कारण उहाँलाई प्रिटोरिया जोहानसबर्गस्थित अस्पतालमा राखियो । उहाँको अन्तिम इच्छा पूरा हुन पाएन ।

मरणेउपरान्त भएपनि उहाँको अन्तिम इच्छा पूरा गर्नको लागि कुनुमा अन्त्येष्टि गराउन राष्ट्रपति ज्याकोब जुमाले निर्णय गर्नुभएको थियो ।

हिजो सैनिक विशेष विमानमा राखि उहाँको पार्थिव शरिरलाई दक्षिण अफ्रिका झन्डाले ढाकी कुनु पुग्ने सबैभन्दा नजिकको मथाथा विमानस्थल पु¥याइएको थियो ।

त्यहाँबाट कुनुसम्म ३२ किलोमिटरसम्म उहाँको शवलाई विशेष वाहानमा राखि लगिएको थियो । स्थानीय समयअनुसार आज साँझ ४ बजे सूर्यास्त हुनासाथ अन्त्येष्टि सुरु गरिने अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएको छ ।

स्वर्गिय मन्डेला ‘जोसा’ जनजातीको हुनु भएकाले जातीय परम्परा अनुसार चिहानमा गाड्ने बताइएको छ ।

विश्वप्रसिद्ध प्रजातन्त्रवादी नेता एवम् रङ्गभेद विरोधी विश्व आन्दोलनका एकजना प्रमुख अग्रणी दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको गत डिसेम्बर ५ मा ९५ वर्षको उमेरमा निधन भएको थियो ।
बीसौँ शताब्दीको विश्व राजनीतिका एक शिखर पुरुषको रुपमा चर्चा कमाउनुभएका मण्डेला दक्षिण अफ्रिकाको पूर्व राष्ट्रपति समेत हुनुहुन्थ्यो ।

दक्षिण अफ्रिकामा अस्वेत जातिका विरुद्धमा व्याप्त रहेको विभेदको अन्त्यका लागि उहाँले गर्नुभएको सङ्घर्षले विश्वका अस्वेत जातिलाई राजनीतिक अधिकारको प्राप्तिका लागि अगाडि बढ्न र स्थापित गर्न निकै प्रोत्साहन गरेको थियो ।

शान्तिका लागि नोवेल पुरस्कार समेत प्राप्त गर्नुभएका दक्षिण अफ्रिकाका पहिलो काला जातिका राष्ट्रपति मण्डेलाको ९५ वर्षको उमेरमा डिसेम्बर ५ मा आफ्नै निवास जोहानेसबर्गमा निधन भएको थियो

उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिने यस अघिनै अफ्रीकन सरकार बताएको थियो ।
सत्ताईस वर्षसम्म काराबासको कठिन जीवन बिताई, राजनीतिमा सक्रिय भई, पाँच वर्षसम्म दक्षिण अफ्रिकाको राष्ट्रपति पदमा रही, अत्यन्त लोकप्रिय हुनुभएका त्यागी नेता मण्डेलाले ६७ वर्षसम्म देशसेवा गर्नुभएको थियो । एपी÷एएफपी