mala gandaiतपाई देख्नु भएको होला कि धेरै मानिसहरु ध्यान गर्न तथा भगवानको नाम जप्नको लागि मालाको प्रयोग गर्छन्। यसको पछाडि धार्मिक कारणको सँगसँगै वैज्ञानिक कारण पनि छ। धार्मिक दृष्टिबाट हेर्ने हो भने अंगिरा ऋषिको कुरामा ध्यान दिनुपर्छ।
अंगिरा ऋषिका अनुसार ‘’असंख्या तु यज्ज्प्तं, तत्सर्व निश्फलं भवेत।‘’ यसको अर्थ बिना मालाको संख्याहिन जपबाट कुनै फल मिल्दैन्। यसको कारण के हो भने जप भन्दा पहिला जप संख्याको संकल्प लिनु आवश्यक हुन्छ। संकल्प संख्यामा धेरै, थौरै भएमा पनि जप निष्फल मानिन्छ। त्यसैले त्रुटि रहित जपको लागि मालाको प्रयोग उत्तम मानिन्छ।

वैज्ञानिक दृष्टिमा मालाको प्रयोग गर्दा औंलामा मालाको दबाबको कारण एक विद्युतिय तरंग उत्पन्न हुन्छ। यसले नशाको माध्यमबाट हृदय चक्रलाई प्रभाबित गर्दछ जसको कारण मन एकाग्र तथा शान्त हुन्छ साथै चिन्ता बाट पनि मुक्ति मिल्छ। अझ यो मानिन्छ कि माझि औंलाको हृदय सँग सिधा सम्बन्ध हुन्छ। हृदयमा आत्माको बास हुने भएकोले माझि औंलाको माध्यमबाट जप गरिन्छ। त्यसैले जप तथा ध्यान गर्दा मालाको प्रयोग राम्रो मानिन्छ।