lung cancer१५ पुस,काठमाडौ। स्वास्थ्य मन्त्रालयले चेतावनीयुक्त चित्र र सन्देश उल्लेख गरेको भएको सुर्तिजन्य पदार्थमात्र बिक्री वितरण गर्ने दिने भएको छ।

यसका लागि चेतावनीयुक्त चित्र र संदेश उल्लेख नभएको सुर्तीजन्य पदार्थको आयात, उत्पादन र बिक्री बितरणमा पुर्ण प्रतिवन्ध लागेको व्यहोरा सहितको पत्र सोमवार भन्सार र उद्योग मन्त्रालयलाई लेख्ने भएको छ ।

 

पत्रपछि सवै जिल्लका सहायक सिडिओले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्न ऐन २०६६ अनुसार अनुगमन गर्ने छन् ।

ऐन अनुसार सूर्तिजन्य पदार्थको बट्टामा फोक्सो, मुखको क्यान्सर, अप्रत्यक्ष धुम्रपानले बच्चा मरेको लगायतका अनिवार्य चित्र हुनु पर्छ।

 

यसै गरि चुरोट, सुर्तिजन्य पदार्थमा वट्टामा निकोटिनको प्रतिसत समेत उल्लेख गर्नु पर्छ ।

चुरोटको धुवामा सात हजार रसायन हुन्छ जस मध्ये न्युनतम दुइ सय ५० वटा हानिकारक छन, भने ८९ वटा क्यान्सर उत्पन्न गर्न सक्छन ।

 

नेपालका ५३ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाहरुले सूर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ ।