Sherbahadur deuba८ माघ, काठमाडौ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा संसदीय दलका नेतामा चुनाव लड्ने निष्कर्षमा पुगेका छन् । आफूले सहमतिको प्रयास गर्दा सभापति सुशील कोइरालाले वेवास्ता गरेको भन्दै उनी प्रतिष्पर्धामा सहभागी हुने निष्कर्षमा पुगेका हुन् ।

 

सर्वसम्मत संसदीय दलको नेता चयन गर्न सहमति निर्माणमा छलफलका लागि सभापति कोइरालाले आमन्त्रण गर्ने आसमा बसेका देउवा मंगलबार अबेरसम्म पनि त्यस्तो कुनै पहल नदेखेपछि सहमति निर्माण नभए संसदीय दलको निर्वाचनमा उम्मेदवार बन्ने निष्कर्षमा पुगेको उनीनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

 

देउवाले कोइराला सर्वसम्मत संसदीय दलको नेता बन्न आफूलाई कार्यबाहक सभापतिको जिम्मेबारी दिनुपर्ने अडान राख्दै आएका छन् । आफ्नो निवास बुढानिलकण्ठमा देउवाले मंगलबार पनि आफुनिकट ती केन्द्रीय सदस्यका अनुसार देउवाले संसद बैठक १२ गते बोलाइएको सहमति निर्माणका लागि संसदीय दलको निर्वाचन मिति पछाडि सार्न आग्रह गरेका थिए । तर, सभापति कोइरालाले संसद बैठकअगावै गर्नुपर्ने जनाउ दिएपछि देउवा पक्ष आक्रोशित भएको थियो ।देउवा पक्षले संसदीय दलभित्र आफूसँग ८४ सभाषद् रहेको र थप १२ सभाषद् सहयोग गर्न तयार रहेको आकलन गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले प्रकाशित गरेको छ । 

 

सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेलबीच मंगलबार भएको छलफलमा समेत कुनै सहमति हुन नसकेपछि सहमति हुन नसक्दा पौडेल समेत रूष्ट भएको बुझिएको छ । बैठकमा सहभागी एक नेताले भने दुई नेताबीच तत्काल सहमति नभए पनि उम्मेदवारी दर्ता गरेपछि पनि सर्वसम्मतिकालागि छलफल जारी राख्ने समझदारी भएको छ ।