आज भोलि विवाहको मौसम चलिरहेको छ। यदि तपाईको विवाह भएको छैन भने गरिहाल्नुस् फेरि फेरि यस्तो उत्तम अवसर आउदैन् र विवाह भएको छ भने पनि वैवाहिक जीवनलाई कसरी खुशी र आनन्ददायी बनाउने भन्ने तिर लाग्नु बेस हुन्छ।

 

यसरी खुशी र आनन्दित जीवन जिउनको लागि शुक्र ग्रहका रत्न हिरा लगाउनु उत्तम हुन्छ। ज्योतिषशास्त्रका अनुसार हिरा, प्रेम र यौंन सम्बन्धलाई राम्रो बनाउने उपयुक्त कडि हो।

 

Gold-diamond-ringजुन पुरुषको शुक्र सम्बन्धि दोषका कारण सन्तान प्राप्तिमा समस्या आएको छ उनको लागि हिरा धेरै नै लाभकारी मानिन्छ। नवविवाहित दम्पत्तीलाई एक अर्कालाई बुझ्न केही समय अवश्य लाग्छ यस्तोमा वैवाहिक जीवनको शुरु शुरुमा कुनै समस्या पनि आउन सक्दछ जसले गर्दा वैवाहिक जीबन टुट्ने खतरा रहन्छ।

 

ज्योतिषशास्त्रका अनुसार समान तौल र गुण भएको हिरा पति-पत्नी दुबैले लगाएमा दुबै जनाको तालमेल मिल्न जान्छ र एक अर्कामा प्रेम एवं समर्पणको भावना बढ्दै जान्छ।

 

हिरा धारण गर्ने दम्पत्तीको लागि शुक्राचार्य भन्छन, छोरा पाउने ईच्छा राख्ने हो भने गर्भ धारणदेखि प्रसव नहुन्जेलसम्म हिरा धारण गर्नबाट रोक्नु पर्ने हुन्छ। हिरा धेरै नै महंगो रत्न भएको ले यो खरिद गर्दा शुद्धतामा पनि ध्यान दिनु पर्ने हुन्छ।

 

असली हिरा चिन्ने सबैभन्दा उत्तम तरिका यो छ कि हिरा घाममा राखेपछि यसमा इन्द्रधनुष जस्तो आकृति देखिन्छ । असली हिरालाई तातो दुधमा राखेमा पनि दुध तुरुन्तै सेलाउँदछ। तपाई पनि असली हीरालाई बेलैमा चिनेर धारण गर्न नबिर्सनु होला।