yoga poses for better sex२९ माघ, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले योगको महत्वसम्बन्धी शिक्षालाई प्रवद्र्धन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

 

दैनिक योग गर्नाले मानिसमा मुटु, मिर्गालासम्बन्धी रोगको जोखिम अति न्यून हुने विश्व स्वास्थ्य सङ्गठनको अनुसन्धानले प्रमाणित गरिसकेको सन्दर्भमा योग शिक्षा तथा फलफूल सेवनमा मानिसलाई बानी बसाल्न आवश्यक भएको भन्दै उहाँहरुले मन्त्रालयसँग त्यसबारे आग्रहसमेत गरेका छन् ।

 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र क्यानडाको ओटवा विश्वविद्यालयद्वारा संयुक्तरुपमा स्वास्थ्य अनुसन्धानसम्बन्धी ज्ञानको आदानप्रदान विषयमा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले सर्नेभन्दा नसर्ने रोगको जोखिम समाजमा उच्च भइराखेको सन्दर्भमा नसर्ने रोग नियन्त्रणका लागि योग तथा ताजा फलफूलको महत्व उच्च रहेकोमा जोड दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले स्वास्थ्य सुधार कार्यक्रम तेस्रो मस्यौदाका रुपमा रहेको र यसबाट योग शिक्षालाई प्रवद्र्धन गर्न कार्यक्रममा समावेश गर्न लागिएको जानकारी दिनुभयो ।

 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा लखनलाल साहले पोषणका कार्यक्रमसँग योग शिक्षाका कार्यक्रम समावेश गरी स्वास्थ्यका कार्यक्रम लागू गर्ने तयारी भइराखेको जानकारी दिनुभयो ।

 

ओटवा विश्वविद्यालयका प्रा.डा. गोविन्द दाहाल र केभिन पोट्टेले स्वास्थ्य सेवाका कार्यक्रमलाई सुधार गर्दै स्थानीय परम्परागत औषधि प्रणालीप्रति पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

 

परिषद्का कार्यकारी प्रमुख डा गुणराज लोहनीले परिषद्ले स्वास्थ्यका कार्यक्रमलाई सहयोग पु¥याउन स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धान गरिराखेको जानकारी दिनुभयो ।

 

विश्व स्वास्थ्य सङ्गठनका डा. क्वान लीले स्वास्थ्यका कार्यक्रम बन्नुअघि अनुसन्धानबाट प्राप्त नतिजालाई ध्यान दिन सकिएमा कार्यक्रम प्रभावकारी बन्ने धारणा राख्नुभयो । रासस