हामीले खाने खानाले पनि हाम्रो दिमाग कतिको तेजिलो र स्वस्थ्य छ  भन्ने कुरा निर्धारण गर्छ ।

हाम्रो दिमाग हाम्रो खानाको डाइट अनुसार चल्ने गर्दछ ।  भर्खरै गरिएको एक अनुसन्धानमा वैज्ञानिकहरुले हाम्रो दिमाग ,हामीले खाने खानाको आधारमा निर्धारण हुने कुरा पत्ता लगाएका छन् ।

 

अमेरिकन कलेज अफ न्यूट्रिशनमा गरिएको रिसर्चका अनुसार ,धेरै कार्बोहाईड्रेट युक्त खाना खाँदा हामीलाई दिमाग सम्बन्धी रोग एमनेशिया,एल्जाइमर जस्तो डरलाग्दो रोग लाग्ने सम्भावना बढि मात्रामा रहेको जनाएको छ।memory

 

रिसर्चर डा.डेविड पर्लमुटरका अनुसार ,”कार्बोहाइड्रेट युक्त डाइट अर्थात खाना खानाले हाम्रो शरिरमा क्यालोरी त बढ्छ नै त्यसको साथ साथै यस्ले हाम्रो दिमागमा पनि असर गर्दछ” । उक्त खोज लीडिंग एज जर्नल भन्ने पत्रिकामा प्रकाशित छ। । यस्मा हाम्रो दिमाग र पाचन प्रणाली एक अर्कामा सम्बन्धित रहेको कुरा पनि जानकारी गराईएको छ ।

 

रिसर्चरका अनुसार कार्बोहाइड्रेट युक्त खानाले रगतमा ग्लूकोजको मात्रा बढाउछ जस्ले गर्दा दिमागमा हुने रक्त संचारमा अवरोध हुन्छ र यस्ले दिमागको सम्पुर्ण गतिविधिमा प्रत्यक्ष असर पुर्याउदछ।
त्यसैले हामी पनि आजैबाट हाम्रो खानामा बिचार पुर्यायौ र हाम्रो दिमागलाई सधै स्वस्थ्य राखौ ।