१७ फागुन ।  मार्चको पहिलो शनिवार आज, शनिबार हुनुको साथै आमाबास्य औंसी पनि हो। शनिबारको औंसीलाई शनिश्चरी भनिन्छ। ज्योतिष विज्ञानमा यस तिथिलाई महत्वपुर्ण मानिएको छ।

 

 

जो व्यक्ति आजको दिन पूजा गर्दछ, उसको सबै मनोकामना पूरा हुने गरेको छ। शनिबारको ग्रह शनिको हो। शनि यो समयमा राहुको साथमा तुला राशिमा बसेका हुन्छन्।

 

 

shani god with crow

तुला राशिमा शनि उच्च स्थानमा रहने भएकोले सबै राशिका व्यक्तिहरुमा यसको असर देखिने हुन्छ। यसले गर्दा शनिबार हुने औंसीलाई खास मानिन्छ।

 

 

 

यदि तपाई धन सम्बन्धी वा घरपरिवार सम्बन्धी समस्याबाट मुक्ति चाहनु हुन्छ भने शनिबार र औंसीको योगमा यहाँ भनिए अनुसार गर्नुहोस्।

 

 

यहाँ राशि अनुसारको उपायबारे जानकारी गराईएको छ।

मेष राशि : शनिबारे औंसीको दिन मेष राशि हुने व्यक्तिहरुले तोरीको तेल दान गर्नु।
वृष राशि : आजको दिनमा कुनै गौशालाको लागि जुनेलो दान गर्नु।
मिथुन राशि : मासको पिठोबाट सानो सानो दाना बनाएर माछालाई खुवाउनु, यो सम्भव नभए कालो मास दान गर्नु।
कर्कट राशि : आजको दिन शिवलिंगमा बेलपत्र चढाउनुहोस्, र सम्भब भए गरीबलाई भोजन गराउनुहोस।
सिंह राशि : औंसीको दिनमा माता भगवतीको चरणमा १०८ गुलाबको फूल र तेल चढाउनुहोस।
कन्या राशि : आजको दिनमा कन्या राशि हुनेले रुख विरुवामा जल चढाउनुहोस साथै कालो कपडाको दान गर्नु राम्रो मानिन्छ।
तुला राशि : यो दिनमा कुनै गरिब कन्यालाई दुध र दहीको दान गर्नु उत्तम मानिन्छ। साथै एक पटक मन्दिर पनि अवश्य जानुहोला।
वृश्चिक राशि : आजको दिन यस राशिका व्यक्तिहरु अधार्मिक कार्यबाट टाढा नै रहनुहोला। पिपलमा जल चढाउनु राम्रो मानिन्छ।
धनु राशि : आजको दिन कुनै अन्धो व्यक्तिलाई दान वा भोजन गराउनुको साथै चनाको दाल कुष्ठ रोगीलाई दान गर्नु राम्रो हुन्छ।
मकर राशि : मकर राशि हुने व्यक्तिहरुले चरालाई आहारा खुवाउनुहोस। शनिदेवको चरणमा पहेंलो फुल चढाउनु उत्तम हुन्छ।
कुम्भ राशि : आजको दिनमा ८०० ग्राम दुध र ८०० ग्राम नै मासको दाल मिलाएर आफू माथि ८-८ पटक वारपार गर्ने र कसैलाई दान गर्ने वा नदीमा लगेर बगाइदिनु।
मीन राशि : मीन राशिका व्यक्तिले माटोको भाँडामा मह राखेर कुनै मन्दिरमा राखेर आउनु राम्रो मानिन्छ।