पूजाको लागि विभिन्न विधिहरु बताइएको छ। भनिन्छ कि यदि सही विधि प्रयोग गरी पूजा गरियो भने यसको फल छिटै नै पाउन सकिन्छ। यसैले घरमा कुनै विशेष पूजा गर्दा कुनै पण्डितद्धारा नै गर्ने गरिन्छ।

 

worship diyo

 

यसै गरी हामी आफै पनि घरमा गरिने प्रतिदिनको पूजामा पनि केही यस्ता कुरामा ध्यान दिइयो भने आफ्नो मनोकामना छिटै प्राप्त हुन सक्छ।

 

शास्त्रमा बताइए अनुसार कुनै पनि पूजा गर्दा पहिला संकल्प लिनु आवश्यक हुन्छ। यदि पूजा गर्दा संकल्प लिइएन भने सो पूजाको पुर्ण रुपमा फाइदा लिन सकिदैन।

 

मानिन्छ कि संकल्प बिना गरिएको कुनै पनि पूजाको सारा फल ईन्द्र भगवानलाई जान्छ। यसकारण पूजा गर्नु पुर्व संकल्प लिएर मात्र गर्नु उचित हुन्छ।

 

संकल्प लिनुको अर्थ

शास्त्रमा भनिए अनुसार संकल्प लिनु भनेको आफ्नै इष्टदेव र स्वयम आफूलाई साक्षी मानेर पूजा गर्नु हो। यसरी साक्षी मानेर पूजा गर्दा आफ्नो इच्छा अनुसारको फल पाउन सकिन्छ। संकल्प लिने समयमा हातमा जल लिनु पर्छ, किनकि यो पुरै सृष्टिको पञ्चमहाभुत अर्थात अग्नी, पृथ्वी, आकाश, वायु र जल मा भगवान गणेश जल तत्वका अधिपति हुन्। त्यसैले श्रीगणेश लाई अगाडि राखेर संकल्प लिने गरिन्छ। श्रीगणेशको कृपाबाट पूजा कार्य विना कुनै बाधा अड्चन पूरा हुन्छ।

 

एक पटक पूजाको संकल्प गरेपछि सो पूजालाई पूरा गर्नु अनिवार्य हुन्छ। यसबाट हाम्रो संकल्प मजबुत हुन्छ। मानिसलाई विपरित परिस्थिति वा समस्याको सामना गर्ने साहस प्राप्त हुन्छ।