एजेन्सी ।

बच्चा जन्मेपछि एक चौथाइ जोडीमा यौन सम्बन्ध नै अन्त्य हुने गरेको अनौठो तथ्य सार्वजनिक भएको छ ।

बेलायतको केज १८ नामक संस्थाले गरेको सर्वेमा ४ मध्ये १ जोडीले बच्चा जन्मेपछि यौन जीवन समाप्त भएको बताएका हुन् ।

no sex after child

 

बच्चा जन्मेपछि ध्यान बच्चाको स्यहार सुसार र अन्य कुरामा बढी जाने हुँदा अधिकाँश महिला यसका लागि तयार नहुने र पुरुषहरुमा पनि बच्चा जन्माइसकेकी श्रीमतीप्रति यौन चाहाना उत्पन्न नहुने अध्यनको निष्कर्ष छ ।

५ मा १ पुरुषले बच्चा पाइसकेकी श्रीमतीसँग यौन क्रियाकलाप शुरु गर्नै गाह्रो हुने अनुभव सुनाएका छन् भने ३८ प्रतिशत महिलालाई यौन क्रिडामा पीडा हुने डर मनमा रहने गरेको अध्यनले देखाएको छ ।

अझ एक तिहाइ भन्दा बढी महिलाले यौन क्रियाकलप बच्चा पाउनु अघिको जस्तो नहुने सोंचले ग्रस्त हुने गरेको बताएका छन् ।