३० फागुन, काठमाडौ । मन्त्रिपरिषदका् पुर्ब  अध्यक्ष खिलराज रेग्मीले दृढ इच्छा शक्ति भएमा एक बर्षमा नै सबिधान जारी गर्न सकिने बताउनुभएको छ । उहाले एक वर्षमा संविधानः राष्ट्रिय अभियान भन्ने नाराका साथ संविधान निर्माणमा क्रियाशिल हुन सबै राजनीतिक दल र  संबद्ध निकायलाइ आह्वान गर्नुभएको छ ।

 

लुम्बिनी पत्रकार समाजले राजधानीमा शुक्रबार बिशेष कार्यक्रम गरी मन्त्रिपरिषदका पुर्ब अध्यक्ष रेग्मी , पुर्ब गृह एवं परराष्ट्रमन्त्री माधब घिमिेरे ,  पुर्ब कानुन मन्त्री हरि न्यौपानेलाइ अभिनन्दन र  उर्जा मन्त्री राधा ज्ञवालीलाइ बधाइ तथा स्वागत गरेको थियो ।  सबिधानसभा निर्बाचन एतिहासिक रुपमा संपन्न गरी मुलुकलाइ सबैधानिक ट्रयाकमा ल्याउन सफल भएकोमा उहाहरुलाइ लुम्बिनीका पत्रकारहरुको साझा मंच लुम्बिनी पत्रकार समाजले अभिनन्दन गरेको हो ।

पुर्ब अध्यक्ष रेग्मीले नेपाली जनताको चाहना अनुसार एक बर्षमा सबिधान ल्याइ मुलुकलाइ आर्थिक प्रगति र राजनीतिक स््थायित्व प्रदान गर्न सबैको  सकारात्मक भुमिका हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।news lum photo

 

लुम्बिनी पत्रकार समाजका अध्यक्ष एवं नोपल समाचारपत्र दैनिकका सम्पादक टंक पन्तको अध्यक्षतामा भएको सो कार्यक्रममा उहाले   संविधान निर्माणमा क्रियाशील संविधान सभालाई सहयोगी हुनसक्ने रचनात्मक एवं सुझावमूलक दृष्टिकोण प्रवाह गर्न संचार माध्यम र सबद्ध ब्यक्तिलाइ पनि बिशेष आग्रह गर्नुभयो ।

निवर्तमान अध्यक्ष रेग्मीले आजकै दिन भएको राजनीतिक सहमतिका आधारमा २०६९ साल चैत्र १ गते नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम जारी भएको बाधा अड्काउ फुकाउने आदेश बमोजिम आफुले संविधानसभाको निर्वाचन सम्पन्न गरेको बताउनुभयो ।पूर्व गृह एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले अघिल्लो संविधानसभाबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

उँहाले संविधान सभाको निर्वाचनका लागी गठन भएको सरकारले जनताका प्रतिनिधीलाई सरकराको साचो सुम्पिसकेको अवस्थामा अहिले बनेको सरकारले पहिलेका उपलब्धिलाई संस्थागत गर्दै अगाडी वड्ने यो नै सुवर्ण अवसर रहेको बताउनुभयो ।  घिमिरेले राष्ट्रनिमार्णको अभियानमा जुसुकैले सहयोग पु¥याउन सक्ने भन्दै सवै पेशा, व्यवसाय, धर्म, बर्ग, जातीको सकारात्मक सहयोग भए देशमा कुनै कुराको अभाव नहुने तर्क गर्नुभयो ।