एशिया कपमा आफ्नो टीमको खराब प्रदर्शनबाट कप्तान बिराट निराश भएका थिए। तर बताइए अनुसार टी २० वल्ड कपको लागि भने उनी पुरै तयार छन। बिराटको निराशापन भने त्यसै हटेको होइन। यसको लागि उनी श्रीलंका गए।

 

खुल्दुली लाग्न सक्छ श्रीलंकामा के त्यस्तो चिज थियो जसले विराटको मनलाई शान्त पार्यो। कुरा यो छ कि श्रीलंकामा अहिले विराटकी गलफ्रेण्ड अर्थात बलिउड नायीका अनुष्का शर्मा आफ्नो फिल्म ‘मंबई वेल्वेट’ को शुटिंग गरिरहेकी छन्। त्यसैले बिराट कोहली गलफ्रेण्ड अनुष्कालाई भेट्न श्रीलंका गएका थिए।

anushka virat

यो भन्दा अगाडि बिराट न्यूजिल्याण्डमा हुँदा अनुष्का उनलाई भेट्न गएकी थिईन। यति मात्र होइन दुबै जना हातमा हात मिलाएर घुमेको पनि देखिएको थियो।

 

बताईए अनुसार आजभोलि विराट र अनुष्का ‘लिभ ईन’ मा सँगै बसिरहेका छ।