दैनिक २० मिनेट शारीरिक ब्यायाम गर्ने मानिसमा रुघा खोकीको खतरा कम हुने दावी अनुसन्धानकर्ताहरुले गरेका छन् ।

हप्तामा साढे २ घण्टा ब्यायाम गर्दा रुघा खोकीको खतरा १० प्रतिशतले कम हुने उनीहरुको भनाइ छ ।

exercise-flu

 

लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिनले ४८०० जनामा गरेको अनुसन्धानबाट यस्तो नतिजा देखिएको हो ।

त्यसैगरी आगामी जाडो सिजनमा रुघा खोकीको समस्या अघिल्ला वर्षहरुमा भन्दा कम देखिने दावी पनि अनुसन्धानकर्ताहरुले गरेका छन् ।

चिकित्सकहरुले शारीरिक ब्यायम र स्वस्थ्यबीच देखिएको सम्बन्धले आफूहरु उत्साहित भएको पनि बताएका छन् ।

शारीरिक ब्यायाम निरन्तर गर्नाले रुघा खोकी मात्र नभएर अन्य रोगको संक्रमण पनि कम हुने उनीहरुको भनाइ छ ।