एचआईभी संक्रमणको रोकथामको लागि वैज्ञानिकहरुले ठूलो उपलब्धी हाँसिल गरेका छन। उनीहरुले यस्तो जेल तयार गरेका छन, जुन जेल लगाएर सेक्स गर्दा एचआईभी संक्रमणको खतरा कम हुन सक्छ।

 

न्यूयोर्कको नेशनल सेंटर फर इन्फेक्शयस डिजीज अफ द सेंटर्स फर डिजीज का अनुसन्धानकर्ताका अनुसार उक्त जेल गुप्तांगमा सेक्स गरेको तीन घण्टा भित्र लगाएमा एचआईभीको जोखिमलाई कम गर्न सकिन्छ।

 

 

HIV logo

 

अनुसन्धानकर्ताहरुले यो जेलको प्रयोग बाँदरमा गरेर सफलता पाएको कुरा दाबी गरेका छन। अनुसन्धानकर्ताका अनुसार ‘हामीले यसको प्रयोग मानव शरीरमा गरेर सफलता प्राप्त गरेमा रेप वा असुरक्षित सेक्ससँग सम्बन्धित संक्रमणको खतरालाई कम गराउन सजिलो हुन जान्छ।

 

यो अनुसन्धान साइन्स ट्रान्सलेशनल मेडिसिन जर्नलमा प्रकाशित भएको छ।