अधिकाँशलाई आफ्ना ओंठ कालो भएकोमा चिन्ता हुन्छ । खासगरी स्त्रीहरु आफ्ना ओंठको लुकमा चिन्ता गर्छन् । सबै चाहन्छन् कि ओंठ गुलावी होस् तर सबैको ओंठ गुलावी हुँदैन ।

lips tips

स्त्रीहरु सुन्दर ओंठका लागि लिपिष्टिक र अन्य कस्मेटिकको प्रयोग नियमित  गर्छन् । तर त्यसको अत्याधिक प्रयोग सँधै राम्रो नहुन पनि सक्छ । ओंठ कालो हुनुमा विभिन्न कारण हुन सक्छन् । तर यहाँ भने ओंठ गुलावी तुल्याउन सामान्य घरेलु विधी बताइएको छ ।

ओंठ गुलावी पार्ने घरेलु विधीः

१ मह र कागतीः

मह र कागतीको रस मिलाएर फ्रिजमा राख्नुस । यो मिश्रणलाई ओंठमा    लगाउनुस् । एक घण्टापछि सफा गर्नुस ओंठ सुन्दर र कोमल हुन्छ ।

 २ ग्लिसिरिन र कागतीः

ओठलाई सुख्खा पनबाट जोगाउन ग्लिसिरिन र कागती राम्रो मानिन्छ । ग्लिसिरिन र कागतीको रसको मिश्रण ओंठमा लगाउँदा ओंठको कालोपन हट्छ र मुलायम  हुन्छ ।

lips tips 1

 ३ प्रशस्त पानीः

पानीको कमी हुँदा पनि ओंठको लुक विग्रिने हुन्छ । ओंठ सुन्दर राख्ने अर्को काइदा प्रशस्त पानी पिउनु पनि हो । यसका लागि दिनमा कम्तिमा ८ देखि १० गिलास पानी पिउनु पर्छ ।

 ४ इमिलीः

इमली पनि ओंठ सुन्दर बनाउने अचुक उपाय हो । इमिलीको एक टुक्रा लिएर ओंठमा रगड्यो भने वा यसको रस १ घण्टा सम्म ओंठमा लगाएर सफा गर्यो भने ओंठ गुलावी हुन थाल्छ ।

५ बदामः

दैनिक ओंठमा बदाममको तेल लगाउँदा पनि ओंठको सुन्दरता बढ्छ । खासगरी बदामको तेलले ओंठको कालोपन हटाउन मद्धत गर्छ ।

६ कागतीको रसः

 कागतीको रस आफैमा प्राकृतिक ब्लिचङ एजेन्ट मानिन्छ । कागतीको रस नियमितरुपमा २ महिना ओठमा लगाउँदा ओंठको कालोपन हट्छ ।

lips tips 2

७ कागती र चिनीः

कागतीको रसमा चीनी मिसाएर ओंठमा लगाउँदा यसले पनि ओंठलाई गुलावी बनाउन सहयोग गर्छ ।

८ गुलाव जलको प्रयोगः

महमा गुलाव जल मिसाएर ओंठमा लगाउँदा ओंठ गुलावी हुन्छ । यस्तो प्रकृया दिनमा ३ पटक सम्म गर्नु राम्रो हुन्छ ।