९ चैत,काठमाडौं ।नेपाली काङ्ग्रेस संसदीय दल र केन्द्रीय कार्य समितिको संयुक्त बैठक जारी छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा जारी बैठकमा व्यवस्थापिका संसद र संविधानसभा मातहत गठन हुने समिति र त्यसमा पार्टीको सहभागिताका बारेमा नेताहरुले आ आफ्नो धारणा राखिरहेको कांग्रेसले जनाएको छ ।

 

काङ्ग्रेस नेता अजूर्ननरसिंह केसीले बैठकमा ११ ओटा समितिमा पार्टीको प्रतिनिधित्व र सरकारको कार्यशैलीका विषयमा समीक्षा एवं भावि योजनाकाबारेमा छलफल भैरहेको जानकारी दिए ।

sushil koirala big

अहिले सम्म धारणा राख्ने अधिकाशं नेताहरुले पार्टी एउटा पद्धतीमा संचालन हुनुपर्ने र हतार हतारमा निर्णय गरेर पछि फिर्ता लिने प्रक्रियाको अन्त गर्नुपर्ने माग गरेको जानकारी पनि उनले दिएका छन् ।

 

बैठकमा सरकारको निती तथा कार्यक्रम आउँदा जानकारी नदिइएको भन्द असन्तुष्टि जनाएको नेता केसीले जानकारी दिए ।

पार्टी सभापति सुशील काइराला प्रधानमन्त्री भएपछि पहिलो पटक बसेको हो । बैठकमा पार्टीको संसदीय दलको मातहतमा पनि बिभिन्न समिति गठन, सचिवको चुनावका बारेमा पनि छलफल हुने छ ।

 

संसदीय दलको एजेण्डा तय गर्न हिँजो बसेको पदाधिकारी बैठकमा भने सरकार सञ्चालनमा ढिलासुस्ती भइरहेको भन्दै नेताहरुले असन्तुष्टी राखेका थिए । बैठक भोली सम्म चल्ने छ ।