९ चैत,काठमाडौं । नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेलले क्रिकेट खेलाडीको आलोचना गरेपनि कांग्रेसको संसदीय दलको बैठकमा भने क्रिकेट खेलको चर्चा भएको छ ।

 

कांग्रेस संसदीय दलको आज बसेको बैठकमा केन्द्रीय सदस्य एवं सभासद नवीन्द्रराज जोशीले क्रिकेटमा लगानी बढाउनु पर्ने बताएका हुन् ।

Paras Khadka

सभासद जोशीले नेपालमा अन्तराष्टिय स्तरका क्रिकेट मैदान बनाउन तथा नेपाली क्रिकेट खेलाडीलाइ सम्मान गर्न सरकारको ध्यानाकर्षण गराए ।

 

‘नेपाली क्रिकेटले अन्तराष्टिय स्तरमा समेत पहिचान बनाएको छ, उनले भने–नयाँ क्रिकेट खेलाडी जन्माउनेगरी यस क्षेत्रमा लगानी गर्नुपर्छ ।’

 

सभासद जोशीले बेरोजगार युवाका समस्या संवोधन गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । यसअघि कांग्रेस सभासदहरुले संसद बैठकमा पनि क्रिकेट खेलाडीको प्रवंशा गरेका थिए ।