नेपाली क्रिकेटको विरुद्ध बोलेपछि निकै आलोचित बनेका नेकपा-माओवादीका नेता सी.पी गजुरेलले आफूले बोलेको कुरालाई गलत अर्थ लगाइएको दाबी गरेका छन। आज एक विज्ञप्ती जारी गर्दै गजुरले केही ब्लग र अनलाइनहरुले गरेको गलत प्रचारबारे हाम्रो ध्यानाकर्षण भएको बताएका छन्।

 

सर्वप्रथम, मैले बोल्दा बंगलादेशमा चलिरहेको क्रिकेट खेलको टी ट्वेन्टी वल्र्ड कपमा राम्रो प्रदर्शन गरेको नेपाली टीमलाई बधाई दिएको छु भन्दै गजुरेलले हाँहरुको अपमान हुने कुनै कुरा नबोलेको स्पष्टीकरण दिएका छन्। यो पनि पढ्नुस- गजुरेलको पुत्ला जल्यो..

cp gajurel

उनी लेख्छन्-‘दोस्रो कुरा, मैले उक्त कार्यक्रममा राजनीतिक क्षेत्रमा भएको विकृतिको जुन चर्चा गरेको थिएा, त्यो ‘विकृति’ भन्ने शब्दलाई ‘वल्र्ड कपमा नेपालको गौरव कायम गरी फर्केको नेपाली टीमलाई सम्मान गर्नु विकृति हो’ भन्ने अर्थ लगाई मैले बोलेको भनेर कुप्रचार गर्ने जुन प्रयास भएको छ, त्यो एकदम गलत छ । यसप्रति म खेद व्यक्त गर्दछु । यो गलत प्रचारबाट हाम्रा नेपाली क्रिकेट खेलाडीहरु र क्रिकेटप्रेमी नेपाली युवाहरुलाई जुन चोट पुगेको छ, त्यसको निम्ति म अत्यन्त दुःखी छु । ‘

 

यसअघी आजै डडेलधुरामा गजुरेलको पुत्ला जलाइएको थियो भने सामाजिक सञ्जालमा उनको व्यापक आलोचना जारी छ।