१० चैत,काठमाडौं।नेपालको भ्रमणमा रहेका चीनको दक्षिण–पश्चिम प्रान्त युनानका गभर्नर लि झिहेङले आज प्रधानमन्त्री सुशिल कोइरालासंग भेटवार्ता गरेको छन् ।

 

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका छलफल भएको छ । भेटमा गभर्नर लि ले प्रधानमन्त्री कोइरालालाई दास्रो चीन दक्षिण एसिया व्यापार मेला सहभागीताको लागी निमन्त्रणा दिएका छन ।

sushil koirala big

नेपालको पर्यटन, आर्थिक, सामाजिक, शिक्षा र अन्य क्षेत्रहरुको विकासमा चीनले सघाइरहने प्रतिबद्धता व्यक्त गर्दै गभर्नर लीले नेपालको सम्बृद्धि चीनको चाहना भएको धारणा व्यक्त गरेका थिए ।

भेटवार्तामा नेपालका लागि चिनिया राजदूत उ चुन्ताई र भ्रमण टोलीका अन्य सदस्य पनि सहभागी थिए । प्रधानमन्त्री सुशील कोइरालालाई दोस्रो चीन दक्षिण एसिया व्यापार मेलामा आमन्त्रण गर्न गभर्नर ली शनिबार अपराह्न नेपाल आएका हुन ।