१० चैत,काठमाडौं । नेकपा–माओवादीका सचिव देव गुरुङगले अन्र्तबस्तुहरुमा सहमति गरे अहिलेकै संविधानसभाबाट संविधान जारी गरे पनि आफूहरुको आपत्ति नरहने स्पष्ट पारेका छन ।

 

पार्टीले अहिलेको संविधानसभाले जनताको संविधान दिन नसक्ने भएकोले विघठन गर्नु पर्ने माग गरिरहेको बेला सोमबार आयोजित एक साक्षात्कारमा उनले भने–संविधानका अन्र्तबस्तमा सहमति गरे संविधान कसरी जारी गर्ने भन्ने विषयमा हामि खुल्ला छौ ।

 गुरुङले सबै दलको प्रतिनिधित्व हुने गरी गोलमेच सम्मेलन गरेर सहमति हुने विषयमा सहमति गर्ने र सहमति नभएका विषयलाई कसरी टुङग्याएर संविधान जारी गर्ने भन्ने विषयमा स्पष्ट विधी बनाएर जान सकिने बताए ।

dev gurung
यद्यपि उनले त्यसकोलागि अहिलेसम्म पनि संविधानसभामा रहेका दलहरुले पहल नथालेको भन्दै गुनासो गरे । गुरुङले भने–अहिले संविधान नभएर समस्या आएको होईन, सहमति नभएर समस्या आएको हो । एउटा दलीय संयन्त्र बनाएर छलफल गरौ सहमति गरौ । त्यसो गरे संविधान बन्छ ।

उनले पार्टी सिंद्धान्तमा विवाद भएको कारण फुटेकोले सिद्धान्त र विचार मिले मात्रै पार्टी एकता हुन सक्ने स्पष्ट पार्दै पालुङटार बैठकको एजेण्डामा जान तयार भए एमाओवादीसँगको पार्टी एकतामा कुनै समस्या नहुने बताए ।

उनले भने–हेटौडा महाधिवेशनबाट एमाओवादीले जनवादी क्रान्तिको बाटो छाडेको छ । एकताको लागि त्यसमा पुनरावलोकन हुनु पर्छ ।
अहिले दुई बुँदामा कार्यगत एकता मात्रै भएको स्पष्ट पार्दै गुरुङले एमाओवादीबाट कमजोरीको आत्मसमिक्षा गर्दै मिल्नु पर्ने भन्ने सकारात्मक कुरा आएकोले पार्टी एकताको सम्भावना बढेर गएको बताए ।