हामी परिस्थिति बदल्न सक्दैनौं, बदल्न सक्छौं त मात्र हेर्ने दृष्टिकोण । यस्तो बेलामा हामीसँग एउटै मात्र शक्ति हुन्छ, त्यो हो निर्णय लिने शक्ति। जहाँ हामी अन्त गर्न चाहन्छौं, त्यहीबाट शुरु गर्नु पर्छ।

 

दाहिने कानलाई समातेर तल माथि गर्न सक्छौं। यसले हाम्रो मुडलाई परिवर्तन गर्न सहयोग गर्दछ। यो पनि सम्झिन सक्छौं, हामी आफ्नो भावनाको सृजनकर्ता हौं। हामी संसारलाई भ्रस्ट हुनुमा दोषी मान्न सक्छौं वा यसको हिस्सा नब्ने निर्णय लिन सक्छौं।

talking person

हामी सोमालियामा भोकमरीको शिकार भएका बच्चाको लागि दुःखी हुन सक्छौं वा हामीलाई नै घुरेर हेर्ने बच्चालाई केही खुवाउछौं? हामी अर्काको काममा कमजोरी निकाल्न सक्छौं वा अरुले पनि हाम्रो काममा कमजोरी निकाल्न सक्छन भन्ने सोच्छौं ? हामी कसैलाई देखेर खुशी हुन सक्छौं भने कसैलाई देखेर दुःखी। यी कुनै तरिका बदल्न संभव हुदैन। दिनको अन्तमा यसको महत्व हुन्छ, हामी के महसुस गर्छौं। हामी परिस्थिति बदल्न सक्दैनौं, मात्र सक्छौं त दृष्टिकोण बदल्न।

 

यी विकल्पहरु सानो र नपत्याउने हुन सक्छ तर जिन्दगीमा यही कुरामा निर्णय लिन कठिन हुन्छ। हाम्रो जिन्दगी हामीले नै चुनेको निर्णयबाट अघि बढ्दछ। फैसला हाम्रो हातमा हुन्छ। जिन्दगीको प्रत्येक मोडमा कुन बाटोमा अघि बढ्ने, कसैले भनेको वा देखाएको बाटोमा अघि बढ्ने कि आफ्नै बाटो बनाउने, हामीमा नै निर्भर हुन्छ।

 

हामी सधै अरुको आलोचना मात्र गर्ने कि म के गर्न सक्छु भनेर सोच्ने ? हामी सकारात्मक निर्णय गर्छौं कि नकारात्मक ? प्रत्येक पटक यति गहिरोसँग सोच्ने फुर्सद नहुन सक्छ। सबैभन्दा सजिलो तरिका के हो भने हामीलाई आफ्नो लक्ष्य थाहा हुनु पर्छ। यदि हामीलाई पहिले नै कहाँ गएर अन्त हुन्छ भन्ने थाहा भयो भने त्यहीबाट नयाँ कुरा शुरु गर्न पाइन्छ।

 

जब कोही आफ्नो समस्या वा दुःख, पिडा भनिरहेको छ, यस्तो बेला सुन्नु नै राम्रो हुन्छ। हुन सक्छ उसलाई सुन्ने व्यक्तिको खाँचो छ। जसले सुनेर समवेदना दिन सकोस्। यतिबेला उसलाई अरुको सल्लाहको जरुरत हुदैन।

 

हामी प्राय आफ्नो सल्लाहको पुरै बन्डल लिएर बस्छौं, उसको कुरा नसकिदै सल्लाह दिन शुरु गर्छौं। हामीलाई लाग्छ कि हामीसँग हरेक समस्याको समाधान छ। यस्तो बेलामा हामी अगाडि रहेको व्यक्तिको कुरामा ध्यान दिदैनौं। धेरै ठाउँमा हामीले सु्नु मात्र पर्छ बोल्ने होईन। यदि कोही सल्लाह लिन चाहन्छ भने उसले सोध्न सक्छ।

 

हामीले यो सम्झिनु पर्छ कि सल्लाह मागेको छैन भने त्यसको कुनै महत्व हुदैन। त्यसैले सल्लाह मागेपछि मात्र दिने गरौं। आफ्नो बोली खेर नफालौं।