विवाह यस्तो सम्बन्ध हो जसले जोडीको जीवनमा मात्र होइन परिवारको जीवनमा समेत परिवर्तन ल्याइदिन्छ । धनी परिवारमा सम्बन्ध जोडिएका कतिपयको जीवनमा नाटकीय परिवर्तन आउने गर्छ ।

त्यसैले पछिल्लो समयमा अधिकाँश युवा युवती धनी परिवारसँग सम्बन्ध जोड्न चाहन्छन् ।

love-couple

 

ज्योतिष शास्त्रका अनुसार कुण्डलीका केही योग अध्यन गर्यो भने ससुराली धनी पर्ने कि नपर्ने भन्ने थाहा पाउन सकिन्छ ।

कुनै पनि ब्यक्तिको कुण्डलीमा कुण्डलीको चौथो स्थानको मालिक वा दुईतीय स्थानको मालिक शुक्र भएमा यस्ता पुरुषको विवाह धनी घरमा हुने हुन्छ ।

त्यसैगरी कुनै पनि युवकको कुण्डलीमा चन्द्रमा सातौं स्थानको स्वामी भएमा उसको ससुराली पनि धनी हुने हुन्छ ।

त्यसैगरी कुनै पनि ब्यक्तिको कुण्डलीमा दुइतीय स्थानको स्वामी सप्तम भावमा बसेमा वा त्यसमा शुक्रको दृष्टी परेमा धनी परिवारमा विवाह हुन्छ । सुख सुविधाका सबै सामग्री प्राप्त हुन्छन् । भाग्यस्थानको मालिक शुक्र भएमा वा शुक्रको दृष्टीमा परेमा धनी केटीसँग विवाह  हुन्छ ।

यद्यपी धनी परिवारमा सम्बन्ध जोडिन्छ कि जोडिदैन भन्ने थाहा पाउन अन्य ग्रहको अवस्था पनि विचारणीय हुन्छ ।