भनिन्छ विवाहको लड्डु खाएपनि पछुतो हुन्छ नखाएपनि पछुतो हुन्छ । तर हालै गरिएको शोधले भने विवाहका निक्कै धेरै फाइदा रहेको देखाएको छ ।

 wedding pictre

 

अमेरिकाको न्यूयोर्कमा गरिएको एक शोधमा अविवाहितहरुको तुलनामा विवाहितलाई मुटुको रोगको जोखिम ५ प्रतिशतले कम हुने देखाएको हो ।

 

 

शोधकर्ताहरुले ३५ लाख मानिसमा यो अध्ययन गरेका थिए । अध्ययनमा विवाहित, अविवाहित, सम्बन्ध विच्छेद गरेका र अन्य समूहका मानिसहरु सहभागी थिए ।

अध्यनपछि शोधकर्ताहरुले विवाहित महिलाहरुमा मुटु रोगको खतरा निक्कै कम हुने निष्कर्ष निकाले ।

यति मात्र नभएर शोधमा विवाहित मानिसहरुमा पेरिफेरल आर्टिजसँग जोडिएका अन्य रोग, रक्तसञ्चारको समस्या जस्ता रोगको जोखिम पनि १९ प्रतिशतले कमी हुन्छ ।

 

 

शोधमा विधवा र वदुरहरुमा मुटुको रोगको जोखिम ३ प्रतिशतले बढी पाइयो ।

 

 

धुम्रपान अधिकाँश पारपाचुकेहरुले अत्याधिक गरेको पाइयो भने अविवाहितमा पनि विवाहितको तुलनामा धुम्रपान गर्ने मात्रा उच्च  देखियो ।

 

 

त्यस्तै पारपाचुकेका गरेका र विवाह नगरेकाहरुलाई मोटो पनको खतरा पनि बढी हुन अध्यनको निस्कर्ष छ ।