अधिकाँश मानिस आफ्नो जागिर भन्दा अरुको जागिर राम्रो भन्ने ठान्छन् । अध्यन गर्नेहो भने गरिरहेको जागिर भन्दा फलानो जागिर भए राम्रो भन्ने जवाफ अधिकाँशबाट आउँछ । तर आफ्नै जागिरलाई घृणा गर्दा निक्कै धेरै वेफाइदा हुने दावी विज्ञहरुले गरेका छन् ।

 खासगरि आफ्नै जागिरलाई मन पराउने मानिसहरु रचनात्मक हुने र सफल पनि हुने अध्यनले देखाएको छ । गरिरहेको जागिरलाई घृणा गर्दा यस्ता स्वास्थ्य समस्या समेत देखिने अध्यनको निष्कर्ष छः

तौल बढ्नेः यदि तपाइँ आफ्नो जागिरमा खुसी हुनुहुन्न तर पनि गरिरहनु भएको छ भने उर्जा खर्च नभएर मोटो पनको समस्या देखिन सक्छ ।

 

खासगरी काममा लगाउनु पर्ने जाँगर त्यसै खेर जाँदा यस्तो समस्या आउने विज्ञहरुको दावी छ । दिनभरी दिक्क लागेको मानिसले सुतेर टेन्सन मेटाउने वा अन्य मोटो पन बढाउने खानेकुरा सेवन गर्ने खतरा पनि विज्ञहरु देख्छन् ।

रोगसँग लड्ने क्षमता कमजोरः आफूलाई रुची नलाग्ने काममा घण्टौ विताउनु पर्दा मानिसहरुमा दिक्कपनाको विकाश हुन्छ । अरुचिकर काममा समय बिताउने मानिसमा दिक्कपना बढ्दै जाने र शरीरमा रोगसँग लड्ने क्षमता कमजोर बन्ने विज्ञहरुको दावी छ ।

 सम्बन्धमा समस्याः मन नपर्ने जागिर गर्नेहरुको सबैभन्दा ठूलो समस्या उनीहरुको सम्बन्धमा देखिन्छ । जागिरमा सन्तुष्ट नहुनेहरुको सम्बन्ध पनि राम्रो हुँदैन उनीहरुमा निराशा हुन्छ ।

lazy

अनिद्राः जागिरमा निराश रहेका मानिसलाई निद्रा पर्दैन । त्यसको असर स्वास्थ्यमा समेत पर्छ ।

 रोगको पनि खतराः जागिरलाई घृणा गर्नेहरुलाई दीर्घ रोगको पनि खतरा हुने शोधकर्ताहरुको दावी छ । अमेरिकामा २० हजार नर्समा गरिएको अध्यनमा जागिरमा सन्तुष्ट नहुनेहरुमा पछि गएर मधुमेह क्यान्सर र मुटु रोगबाट पीडित भएको देखिएको थियो ।