१९ चैत,धादिङ। पुर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री सुशील कोइरालामाथि तिखो हमला गरेका छन्। नेपालले सरकारले कमजोरी पनि एक एक गरी केलाएका छन्।

 

धादिङमा आज आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै नेपालले प्रधानमन्त्री र सरकारको एक साथ आलोचना गरेका हुन्।

नेपालले प्रधानमन्त्री खुट्टा दरो नभऐको र त्यसै कारण स्थानीय निकायको चुनाव नहुने आशंका रहेको बताए।

madhav kumar nepal

उनले अरु पार्टीले मान्दैनन् भनेर प्रधानमन्त्री निरहिता देखाउने नमिल्ने भन्दै आलोचना पनि गरे।

नेपालले संविधानसभाको चुनावमा हारेकाहरु स्थानिय निकायको चुनावमा जान डराएको पनि बताए ।

 

नेपालले प्रधानमन्त्री कोइराला पछी आफ्नै पार्टी पनि रहेको सरकारलाई पनि छोडेनन्।

सरकारका एक एक कमजोरी केलाउँदै नेपालले सरकारका ४ आरोप लगाए।

उनले न्युन गति, आट कम, संक्रिण सोच र फराकियो छाती नभएको आरोप सरकारमाथि लगाए।

नेपालले संघीयता र शासकीय स्वरुपमा बाहेक अरु विवाद खासै नभएकाले संविधान निर्माणका ८० प्रतिशत काम सकिएको बताए।

 

नेपालले आफूलाई अध्यक्ष हुन नदिने केही व्यक्तिले कुतर्क गरेको पनि आरोप लगाए ।उनले नवौं महाधिवेशनले क्रान्तिकारी र रुपान्तरणकारी नेतृ्त्व जन्माउने विचार राखेका थिए।