गर्मी मौषममा मानिसहरु उँखुको जुस गर्मी हटाउनको लागि पिउने  गर्छन् । तर यो स्वादिष्ट पेय पदार्थले गर्मी हटाउन मात्र होइन

अन्य थुप्रै फाइदा छन् भन्नेबारे चाँहि धेरैलाई थाहा नहुन सक्छ ।

उँखुको जुसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ ।

sugarcane-juice

 

त्यतिमात्र होइन उँखुको जुसमा आइरन भिटामिन ए, बी १, बी २, बी ३, बी ४ , बी ५, बी ६ प्रोटीन र फाइवर पनि उच्च हुन्छ ।

उँखुको जुसका यस्ता फाइदाः

१ तत्काल उर्जाः

उँखुको जुसमा उच्च मात्रामा ग्लुकोज हुन्छ जुन् शरीरलाई हरपल आवश्यक पर्छ । उँखुको जुस खाँदा तत्काल शरीर उर्जाशील हुन्छ ।

क्यान्सरबाट बचाउँछः

उँखुको रसमा क्याल्सियम, क्रोमियम, कोबाल्ट, म्याग्नेसियम, फस्पोरस, पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ । यि तत्वले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ ।

 

 

डण्डीफोरबाट मुक्तिः

उँखुको रसबाट छालालाई आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड प्रयाप्त हुन्छ । जसले छालामा आउने डण्डीफोर लगायतका समस्याबाट मुक्ति मिल्छ ।

मृगौलालाई फाइदाः

उँखुको रसमा प्रशस्सत प्रोटिन हुन्छ । यसलाई नरिवलको पानीमा मिलाएर पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

 

 

रोग प्रतिरोधी क्षमता बढ्छः

उँखुको रसमा एंटीऑक्सीडेंट्सको मात्रा उच्च हुन्छ जसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ ।

पाचन प्रणालीमा सुधारः

उँखुको रसमा हुने पोटासियमले पाँचन प्रणाली पनि राम्रो हुन्छ ।

 

 

दाँत बलियो हुन्छः

उँखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाँत बलियो बनाउँछ । यसले दाँतलाई चम्किलो बनाइदिन्छ ।

नङमा चमकः

उँखुको रसको सेवनले नङलाई पनि सुन्दर बनाउँछ । यसले नङमा हुने दाग धब्बा हटाउन सघाउँछ ।

त्वचा जवान हुन्छः

उँखुको रसमा हुने खनिजको मात्राले शरीरमा उर्जा कायम राख्छ र यसले छालालाई जवान देखाउन पनि सहयोग गर्छ । उँखुको रसले छालामा आवश्यक पर्ने नुनको मात्रा कायम राख्ने हुँदा छाला जवान हुन्छ ।

ज्वरोबाट मुक्तिः

उँखुको रसमा प्रोटिनको मात्रा उच्च हुन्छ । यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ ।