जोडीहरुको सम्बन्ध कस्तो छ भन्ने कुरा उनीहरुको सुत्ने तरिकाले थाहा दिने शोधकर्ताहरुले दावी गरेका छन् ।

थोरै दुरी राखेर आमने सामने भएर सुत्ने जोडी धेरै दुरी राखेर विपरित दिशामा फर्किएर सुत्ने जोडी भन्दा बढी खुसी रहने पनि अध्ययनको दावी छ ।

sleeping position

 

११ सय जोडीमा गरिएको अध्यनका क्रममा ४२ प्रतिशत जोडी एक अर्कालाई पछाडी पारेर विपरित दिशमा फर्केर सुत्ने ३१ प्रतिशत एउटै दिशामा फर्केर सुत्ने तर आमने सामने नहुने र बाँकी केवल ४ प्रतिशत मात्र आमने सामने अनुहार फर्केर सुत्ने गरेको पाहियो ।

अझ एक अर्कालाई छोएर अनुहार आमने सामने भएर सुत्ने जोडी त सबैभन्दा खुसी रहने अध्यननको निष्कर्ष छ ।

शरीरको सम्पर्कमा रहने र एक अर्कालाई छोइ रहन रुचाउनेहरु खुसी बढी हुने अनुसन्धानकर्ताहरुले फेला पारेका थिए ।

 

३० इन्च भन्दा बढी दुरी कायम गरेर सुत्ने जोडी वेखुसी जोडीमा दरिएका छन् ।

sleeping position 1

 

बेलायतको एडिनवर्ग इनरनेशनल साइन्स फेष्टिबलका मनोवैज्ञानिक स्यामुएल डङ्केलले यो वृहत अध्यन गरेर निष्कर्ष सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको सुताइको पोजिसन र सम्बन्ध निर्धारणको ग्राफ हेर्नुस् 

 

sleeping position graph

 

३४ प्रतिशत जोडी एक अर्कालाई छोएर सुत्ने र १२ प्रतिशत १२ इन्च भन्दा कम दुरी राखेर सुत्ने गरेको अध्यनमा देखियो । २ प्रतिशत भने ३० इन्च भन्दा नि बढी दुरी राखेर सुत्ने गरेको दिखयो जो निक्कै असन्तुष्ट र बेखुसी थिए ।

एजेन्सीको सहयोगमा