कतिपय मान्छेहरु मोटोपन बढेपछि भात खान छोड्छन् किन भने उनीहरु ठान्छन् कि भातले मोटो पनि बढाउँछ ।

तर अमेरिकाको हेल्थ एण्ड न्यूट्रिशन एक्जामिनेशन सर्वे (एनएचएएनईएस) ले गरेको अध्यनले भात खाँदा  स्वास्थ्यका लागि धेरै फाइदा हुने देखाएको छ ।

rice goodness

 

भात पोषक तत्वले भरिपूर्ण रहेको र यसले मोटो पन घटाउन पनि मद्धत गर्छ ।

शोधकर्ताहरुले २००५ देखि २०१० सम्म १४ हजार ३ सय ८६ अमेरिकीमाथि अध्यन गरेर यो निष्कर्ष निकालेका हुन् ।

प्रमुख शोधकर्ता थेरेसा नकलसका अनुसार भातमा पोटाशियम म्यग्नेशियम, आइरन, फोलेट र फाइबर जस्ता पोषक तत्व अधिक मात्रामा  हुन्छ भने सैचुरेटेड फ्याट्स र शुगर कम मात्रा मात्रामा हुन्छ ।

यसैकारण भात तौल घटाउनका लागि निक्कै फाइदाजनक मानिन्छ ।

rice goodness 1

 

भातको साथमा फल साग सब्जी र गेडागुडी पनि खाँदा शरीर फिट राख्न सहज  हुने शोधकर्ताको भनाइ छ ।

rice goodness 2

 

भातले पेट भरिएको आभास छिटो दिने हुँदा पनि अधिक खाना खानबाट बचाउने शोधकर्ताको तर्क छ ।