७ वैशाख, चितवन

थालेसिमा रोग चितवनको पूर्वी क्षेत्रमा पर्ने थारु वस्तीका वालवालिकामा थालेसिमिया रोग लाग्ने गरेको पाइएको छ । भरतपुर अस्पतालमा नियमित रुपमा उपचार गर्न आउने वालवालिकाहरुको तथ्यङक हेर्दा यस्तो पाईएको हो । भरतपुर अस्पतालमा अहिलेसम्म उपचार गर्न आउने वालवालिका मध्ये पुर्वी चितवनको थारुवस्तीका बालबालिकामा थालेसिमिया पाईएको हो ।

 

अस्पतालमा नियमित रुपमा उपचार गराइरहेका ५४ जना बालालिकामध्ये ३० प्रतिशत थारु वालवालिकामा थालेसिमिया पाईएको छ । थालेसिमिया शरिरमा रगत उत्पादन नहुने रोग हो । नेपालमा थालेसीमिया रोगको भरपर्दो उपचार हुन नसक्दा यसका विरामीहरुको अवस्था नाजुक हुदैं गएको छ । यो रोगको उपचारको लागि आजिवन रगत तथा औषधी प्रयोग गर्नु पर्ने हुन्छ । सरकारी स्तरबाट यस्ता विरामीहरुलाई कुनै पनि सहयोग प्राप्त नहुंदा विरामी र तिनका अभिभावक समस्यामा परेका छन् ।।