जेरुसेलम एक यस्तो शहर जहाँ ईसाइ, मुस्लिम र यहुदी तीन धर्मको उद्गमस्थल र आस्थाको केन्द्र मानिन्छ । यो ठाउँ कयौं वर्षदेखि विवादित पनि हुदै आईरहेको छ।

 

अहिले ईसाइहरु ईस्टर पर्व मनाइरहेका छन, यहुदीहरु पासओभर पर्व मनाउदैछन । यी पर्वहरु प्रतिको झुकाबले पनि परम्परागत रुपले जेरुसेलममा तिर्थयात्री बनेर घुमेको देख्न पाइन्छ।

 

जेरुसेलम ईसाइ, मुस्लिम र यहुदीहरुको लागि धेरै नै महत्वपूर्ण ठाउँ मानिन्छ । यी तिनै धर्म मान्नेहरु आफ्नो धर्मको उद्गमस्थानलाई बाइबलका पात्र अब्राहमसँग जोडेर हेर्ने गर्छन। तीन छुट्टाछुट्टै धर्म मान्ने भए पनि जेरुसेलमलाई पवित्र शहर मान्नमा एक साथ देखिन्छन।

 

jerusalem

यहाँ चारैतिर ढुंगाको पर्खालले घेरिएको छ। यसभित्र भएको ठाउँलाई संसारमै एक पवित्र ठाउँको रुपमा मानिन्छ।

 

ईसाइहरु यो ठाउँलाई धर्मको केन्द्रको रुपमा मान्ने गर्छन। जेरुसेलम ईसाइहरुको लागि एक महत्वपुर्ण ठाउँको रुपमा मानिन्छ। उनीहरु आफ्ना भगवानलाई फाँसी दिइएको र उनको शवलाई पनि त्यही राखिएको हुँदा यो ठाउँलाई विशेष महत्वका साथ हेर्छन। यद्यपी उनीहरु आफ्ना भगवान जिवित रहेको कुरा पनि भन्ने गर्छन।

 

jerusalem

यहाँ मुस्लिमको ठाउँ भने सबैभन्दा ठूलो छ। यही नै पवित्र मस्जिद ‘डोम अफ रक’ रहेको छ। यसैले मुस्लिमहरु यो ठाउँलाई पवित्र मान्छन। यो मस्जिद मुस्लिमको तेस्रो ठुलो मस्जिद मानिन्छ। यहाँ आफ्नो रात्री यात्राबाट पैगम्बर मक्काबाट आएको मानिन्छ। यसको नजिकै एक आधारशिला राखिएको छ जहाँबाट मोहम्मद स्वर्ग गएका थिए।

 

jerusalem

 

यही नै यहूदीको पश्चिमी ढोकाको घर पनि रहेको छ। यो मानिन्छ कि यहाँ पहिला एक पवित्र मन्दिर थियो र यो यही ढोकाको बचेको एक निशान हो। यहाँको मन्दिरमा भित्र यहूदीको सबैभन्दा पवित्र ठाउँ ‘होली अफ होलीज’ छ। यहूदीहरु यो मान्छन कि यहाँ सबैभन्दा पहिला एक शिला राखिएको थियो, जहाँ संसारको निर्माण भएको थियो । यस ठाउँमा अब्राहमका छोरा इसाकको मृत्यु भएको बताइन्छ। यहाँ हरेक वर्ष लाखौं मानिसहरु भगवानको दर्शन गर्न आउने गर्दछन्।