निमकान्त पाण्डे ,यूएई

२२ वैशाख, त्रिभुवन बिमानस्थलमा कार्यरत कर्मचारी नेपाल सरकारको नियम भन्दा माथि रहेको हामी बैदेशिक रोजगारीमा आउने नेपाली युवाहरुले महसुस गरेका छौ।

विदेशमा काम गर्ने नेपालीहरुले हरेक वर्ष अनुमानि करिब २ खर्ब ६० अर्ब रुपैयाँ नेपाल पठाउँछन्। यदि यसो हो भने नेपालमा लगानीको रुपमा विदेशीहरुले भित्र्याउने भन्दा यो करिब पाँच गुणा बढी हुन आउँछ। यिनैकामदाले नेपालको करिब एक तिहाइ अर्थतन्त्र धानिएको छ। तैपनि हामी यी कामदार दाजु भाइ, दिदी बहिनीहरुलाई कुकुर सरह व्यवहार गर्छौँ।

 
यिनीहरुलाई दिनहु लुटिरहेका कर्मचारीको अत्याचार सर्वत्र हुदा पनि नेपाल सरकार मौन रहेको छ। सानासाना कुरामा पनि दुःख दिएर बेरोजगारीले जकडिएको यस मुलुकबाट हामी ऋण लिएर बिदेश हिडेका आफ्नो देश र परिबारलाई भेट्न फेरि फर्कने या नफर्कने भनी टाउकोमा कफन बाधेर हिडेका सिधासाधा युवासंग जुकाले रगत सुसेझै पैसा झार्ने यिनीहरूका कारण हामी जस्ता सर्वसाधारण दिक्दार भैसकेका छौ ।

 

विदेश जान बाध्य भएका हामीलाई अनावश्यक बखेडा झिकेर झन सर्वस्व लुट्न पल्केका यी व्वाँसोहरूलाई कारवाही कसले  गर्ने हाम्रा यी पीडाहरु कस्ले सुन्छ हामी अन्यौलमा छौ।  

सेटिङ मिलाउनेले सुन,लागु औषधि,नेपाली चेली  समेत सजिलै पार लगाउन सक्छन कुनै ठाउमा खोजतलास हुदैन तर हामी श्रमगर्न जानेका लागि छुट्टिबाट फर्कदा पनि कम्पनीको एग्रिमेन्ट माग्छन कहिले हिडिरहेको पासपोर्ट मिलेन भन्छन त कहिले सेलेरी कागज देखाउन भन्छन।

 

कागतपत्र माग्ने बहानामा अनेक तनाब दिएर जसरि हुन्छ पैसा झार्न खोज्छन। सेवा दिन बसेको कर्मचारीबाट नानाथरिको बेईज्यती प्रश्नको सामना गर्नुपर्छ। अझै भन्छन  “तँ कहाँ काम गर्छस ? तेरो घर कता ? कति पैसा छ तँसँग? कहिले फर्कन्छस्? आदि, इत्यादि।
नेपालीलाई नेपालमा रोजगार दिन नसकेर युवा शक्ति बिदेशमा बेच्ने को हो ?

एयरपोर्ट सेटिङ्ग कस्ले गरेको छ ?

व्यक्तिगत श्रमकोलागी दाजु भाई बाहेक अरु आफन्तको नाता प्रमाणित गरेर ल्याउदा काम बन्दैन अनि दालालीलाई खुलाएर हुन्छ या ठुलो रकम एयरपोर्ट सेटिङ्ग बस्ने दलालीलाई भएको छ। देश गरिब भएर विदेशिनु नेपालीको बाध्यता बन्यो,रोटिले हामीलाई टोपीको सट्टा ह्रिदयघात र विभन्न चुनैतिको  कफन बधायो।

 

  ऊँट चराउन, सडक बनाईदिने, कन्ट्रकसन र साना तिना कामको लागि श्रम गर्न जाने यी मजदूर युवासँग घुस लिएर अनि सेटिङ्ग मिलाउदै यसरी अन्तर्राष्ट्रिय विमानस्थललाई नै भित्र घुषखोरीको अखडा किन बनाउदैछौ। कर्मचारीहरूले अकुत सम्पत्ति कमाएको सबैले बुझेकै छन ।

 

देशको आम्दानि भन्दा तिम्रा कमाऊ धन्दा ठुलो भयो तेसैले त दिनदिनै देश जीर्ण बन्दैछ, मन्त्रि बनेर शासन परिवर्तन गर्न हत्तारिने नेताको शासकपन परिवर्तन भएन कर्मचारी तन्त्र हाबी भयो । यी एयरपोर्टमा सेटिङ्ग गर्न बसेकाले देशलाई मात्र होइन युवालाई पनि लुटेरै छाड्ने भए। यिनीहरुलाई कुनै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाए जस्तो पनि गर्छ, अनि तारिकमा छाडिन्छन आज सम्म कारबाही भएको छैन कतै यो आयोग पनि सेटिङ्गमा परेको त छैन ?

nkp2

बैदेशिक रोजगारीमा मेनपावरले ठग्ने काम मात्र गर्छ भन्नेहरु अहिले एयरपोर्ट ले कति लियो भन्छन । श्रममन्त्रालयबाट अन्तिम श्रम स्वीकृति गराउने र एयरपोर्टका कर्मचारीबाट धेरै ठगिएको बिदेशमा आउनेहरुको दुखेसो सुन्न नेपाली चोक र पार्कमा सकिन्छ।

 

देशको गौरब प्रतिष्ठाको चिनारीको रुपमा बुझिने यस संबेदन सिल ठाउमा कहिले ब्याग फोरिन गर्नछ त कहिले सामन गायब नै हुन्छ, यतिसम्म कि बिदेशमा नेपालीले पाएको सम्मन र आदर्श यस ठाउमा गुम्न पुग्छ।nkp6

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनावश्यक हस्तक्षेप गरेको भन्दै कर्मचारीले सामूहिक सरुवाको धम्की दिदै अध्यागमनमा कामै गर्न नसक्ने चेतावनीदिदै क्रोशित हुन पछाडी पर्दैनन। अब त यति मात्त्र कल्पना गर्न सकिन्छ एयरपोर्ट बिक्रि नगरिदिए हुन्थ्यो ।