गोकुल बानियाँ । 

२४ बैशाख, पोखरा । सरकारले नेपाल पोलियो शुन्य देश भएको घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले पोलियो रोग शुन्य अवस्थामा रहेका घोषणा पोखराबाट गरेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनैतिक दल, नागरिक विद्यार्थी, समाजसेवीको रोवरमा उनले घोषणा गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनले नेपाल लगायत दक्षिण पूर्वि एसियाका ११ राष्ट्रहरुमा पोलियो शुन्य अवस्थामा रहेको भनि २०१४ मार्च १४ (२०७० फागुन ३०) गते नेपालमा पोलियो शुन्य अवस्थामा रहेको घोषणा गरिएको थियो । २०१४ देखि १८ सम्म पोलियोलाई उन्मुलन गर्न सरकार लगायत विभिन्न संघ संस्थाहरु लागि पर्ने समेत स्वास्थ्य मन्त्रीले बताए ।

 

Polio drop

मन्त्री अधिकारी स्वास्थ्य सेवा प्रवाह गर्न कसैसँग पनि आफूले सम्झौता नगर्ने बताए । उनले स्वास्थ्य सेवामा जनतालाई गुणस्तरीय सेवा दिन कसैले कन्जुसायी गर्छ भने त्यसलाई आफूले नछाड्ने बरु मन्त्री पद गए पनि आफूलाई मतलव नहुने बताए । गुणस्तरीय सेवा दिनका लागि अस्पतालहरुमा विद्युतिय हाजिरको व्यवस्था गरि तोकिएको समयभित्र चिकित्सकहरुले सेवा दिनुपर्ने बताए ।

 

पोखराको चिप्लेढुङ्गाबाट बाजागाजा सहित सुरु भएको ¥यालीले पोखरा बजार परिक्रमा गरि सभाहलमा परिणत भएको थियो । कार्यक्रममा सहभागीहरुले पोलियो शुन्य अवस्था हामी सबैको प्रतिवद्धता, प्रत्येक बालबालिकालाई पोलियो खोपको मात्रा पुरा गरौं, पोलियो उन्मुलन अभियानमा सहभागी बनौं, पोलियो

खोपनै पोलियो लाग्नबाट बाँच्ने एक मात्र उपाय हो लगायतका प्ले कार्डहरु लिएका थिए ।