dandruff-and-headlice
अधिकांश मानिसका लागि कपालमा चायाँ आउने समस्या टाउको दुखाइको विषय बनेको पाइन्छ ।

 

सोही कारण चायाँ हटाउन उनीहरु जति पनि पैसा खर्च गर्न तयार हुने गर्छन् । तर, हामी घरमै भएका सामाग्री प्रयोग गरेर पनि सजिलै कपालको चायाँ हटाउन सक्छौं ।

 

यसो गर्दा थोरै समय र पैसा पनि धेरै लाग्दैन । त्यसका लािग हामीले निम्न उपाय अपनाउनुपर्छ :

 

  1. चायाँ हटाउन एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने ।
  2. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउने र बास्ना आउने खालका अन्य तेल प्रयोग नगर्ने ।
  3. अमला र रिट्ठालाई समान तरिकाले मिलाएर टाउनकोमा लगाउने र यसको दुई घन्टापछि धुने ।
  4. नुहाउनुभन्दा एक घन्टाअगाडी संधै कागतीको रसले टाउको मालिस गर्ने ।
  5. आफूले प्रयोग गरेको सामाग्री काइँयो, ब्रस, तकिया आदि अन्य मानिसहरुलाई प्रयोग गर्न नदिने ।
  6. कपाललाई धुलो र अत्याधिक घामबाट बचाउने, बाहिर हिँड्दा टाउको छोप्दा कपाल सुरक्षित हुन्छ र चायाँ पर्नबाट जोगिन्छ ।