३१ बैशाख, गोलबजार (सिरहा) । गोलबजारबाट ढोढनास्थित राजदेवी पञ्जावती मेला भर्न जाने क्रममा पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान–१ सिंग्याहीमा आज ट्र्याक्टर पल्टिँदा २२ यात्रु घाइते भएका छन् ।

 

घाइतेमध्ये दुई महिलाको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार ना२त ६५१४ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको हो ।

दुर्घटनामा परी घाइते भएका सबै यात्रुको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको छ ।

 

घाइतेमध्ये असनपुर–७ गोलबजारकी कुन्ती साह र फुलकहाकट्टी–२ की भेलीदेवी रामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते हुनेहरुमा अधिकांश महिला छन् । रासस