३१ बैशाख, काठमाडौ ।  

काठमाडौँ महानगरपालिका–६ गंगबु स्थित साईनो गेष्टहाउसको कोठा नम्बर २०६ मा बिदेश जानको लागि बैशाख २४ गतेदेखि बसेका महोत्तरी जिल्ला खयरमास–५ घर भएका ४२ बर्षीय रोशन स्याङतान मृत अवस्थामा फेला परेका छन् ।

 

निज बसेको कोठाको ढोका आज ०९:३० बजेसम्म पनि नखुलेपछि गेष्ट हाउस संचालकले प्रहरी प्रभाग गंगबुमा जानकारी गराउनासाथ खटिएको प्रहरी टोलीले कोठा खोली हेर्दा उनलाई मृत अवस्थामा फेला परेको थियो ।

 

त्यस्तै स्वयम्भू सानो भ-याङमा आज बिहान नाम,थर,वतन खुल्न नसकेको फुटपाथमा मागी हिड्ने अंदाजी ३५ बर्षीय पुरुष व्यक्ति पनि  मृत अवस्थामा फेला परेका छन् ।