२ जेठ, काठमाडौं । सरकारले प्रत्येक गाविसमा एक चिकित्सक र प्रत्येक वडामा नर्स अनिवार्य उपलव्ध गराउने गरी नीति ल्याउन लागेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नीति मन्त्रिपरिषद् बैठकमा लैजाने अन्तिम चरणमा रहेको छ ।

 

प्रत्येक वडामा स्टाफ नर्स रहने गरी उपस्वास्थ्य वा स्वास्थ्य चौकी र गाविसमा चिकित्सकसहितको स्वास्थ्य कार्यकर्ता टोली रहने गरी प्राथमिक उपचार केन्द्र स्थापना गर्ने गरी नीति ल्याइन लागिएको हो ।

 

केन्द्रमा साधारण ल्याब र एक्सरेसहितको स्वास्थ्य प्राविधिक टोलीसमेत रहने नीतिमा उल्लेख छ । लामो समयदेखि तयारी क्रममा रहेको नीति नआउँदा २०४८ सालकै आधारमा सरकारले स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

सोही नीतिका आधारमा अहिले ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थादेखि केन्द्रीय अस्पतालमा सेवा प्रवाह हुँदै आएको छ । जनशक्ति पनि त्यसैअनुरुप परिचालान भइरहेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।