५ जेठ, काठमाडौं । विश्वमा १ अर्ब अर्थात् २५ प्रतिशत जनसंख्या उच्च रक्तचापले ग्रस्त भएको पाइएको छ । यसकै कारण वार्षिक ७२ लाखको मृत्यु भइरहेको छ ।

विश्व उच्च रक्तचाप दिवस मनाइरहँदा विश्व स्वास्थ्य संगठनले यस्तो दाबी गरेको हो । सन् २०१५ मा १ अर्ब ५० करोडभन्दा बढी जनसंख्यामा यसको प्रकोप हुने र वार्षिक २ करोडको मृत्यु हुने अनुमान गरिएको छ । संगठनका अनुसार सन् २०२५ सम्ममा प्रत्येक ५ जनामा एक जनालाई उच्च रक्तचाप हुनेछ ।

 

नेपालमा ३३.८ प्रतिशत वयस्कलाई उच्च रक्तचाप समस्या रहेको अध्ययनले देखाएको छ । विकसित देशमा ३० प्रतिशतलाई यो रोग लागेको थाहा छैन । १५ प्रतिशतले थाहा भएपनि उपचार गरेका छैनन् । २५ प्रतिशतले उपचार गरे पनि नियन्त्रणमा छैन । ३० प्रतिशतले मात्र यसको सही उपचार लिइरहेका छन् । उपचारमा हेलचक्रक्याई यसको मुख्य र जटिल चुनौती हो ।

 

high bP
टाउको दुख्ने, शरीर काम्ने, बेहोस हुने, थकान महसुस हुने, कुनै पनि कुरा झट्ट बुझ्न नसक्ने, कानभित्र एकोहोर केही कराएको आवाज आउने, साय फेर्न गाह्रो हुने, मुटुको धड्कको गति अनियमित हुनलगायतका लक्षण उच्च रक्तचापका लक्षण हुन् । खानपान र आहारविहारमा ध्यान नदिए तथा शारीरिक व्यायाम नगरे उच्च रक्तचाप सन्तुलनमा आउँदैन । धूमपान र मदिरा सेवन गर्नाले पनि उच्च रक्तचाप बढाउँछ ।

उच्च रक्तचापका कारण हृदयघात, पक्षघात, मृगौला बिग्रनेस्ता गम्भीर असर पर्छ । यो रोक कम उमेरमा हुने मृत्यु र अचानक हुने मृत्युको प्रमुख कारक तत्व हो । आममानिसको १४०/९० एमएम एचजीसम्म र मधुमेह, मृगौलाका रोगकिो १३०/८० एमएम एचजी रक्तचाप हुनुपर्छ । आजको राजधानी दैनिक मा खबर छ