पछिल्लो समयमा महिला र पुरुषबीचको भेद घट्दै गएको छ । समय बदलिएको छ र समयसँगै समाजको दृष्टीकोण पनि । ‍तर पनि कतिपय सन्दर्भमा महिलाप्रतिको पुरुषको धारणा अझै पनि पुरानै संस्कारमा आधारित रहेको पाहिन्छ । पुरुष प्रधान हाम्रो समाजमा अधिकाँश पुरुष महिलाले पुरानो दायरा नाघेको मन पराउँदैनन् । महिलाहरुलाई सीमित घेरा भित्र राख्न चाहने पुरुषको संख्या अहिले पनि अत्याधिक नै छ ।

यस्तै विवाहको विषयमा पनि पुरुषहरुको विशेष सोंचाइ हुन्छ । बालककाल देखि नै महिला र पुरुषबीच हुने भेदको बारेमा जानेर हुर्केको मानसिकताले महिलाहरुप्रतिको पूर्वाग्रह त्याग्न सक्दैन । र वालककाल देखि जमेर बसेको अवधारणाले जीवनभर काम गर्छ ।

men women

 

 सामान्यतया महिलाप्रति पुरुषको तीन प्रकारको सोंचाइ हुन्छ ।

  

पहिलोः जोसँग समय विताउन सकियोस् । यस्ता महिला देख्दा सुन्दर अनुहार र शीरर भएकी हुनु पर्छ भने पुरुषले चाहे जति मात्र स्वतन्त्रताको भावना हुनुपर्छ ।

 

 

दोश्रोः दोश्रो श्रेणीमा आउने स्त्रीसँग पुरुषहरु मित्रता राख्न चाहन्छन् । जो देख्दा सुन्दर हुँदैनन् तर बानी ब्यवहार राम्रो हुन्छ । यस्ता स्त्रीसँग पुरुष सम्बन्ध राखेपनि मित्रतामै सीमित राख्छन् ।

 

 

तेश्रो श्रेणीः तेश्रो श्रेणीका स्त्रीसँग पुरुष विवाह गर्छन् । विवाहका लागि योग्य कन्याको कुमारित्व निक्कै महत्वपूर्ण हुन्छ पुरुषका लागि । अधिकाँश पुरुषको जीवन यिनै दोधारमै सकिन्छ भन्छन् मनोविज्ञहरु ।

men women 1

 

नेपालका अधिकाँश पुरुषले आफ्नी दुलहीका विषयमा निम्न ९ धारणा बोक्ने एक अध्यनले देखाएको छ ।

 

 १ आम रुपमा पुरुषले आफ्नी दुलही कुमारी होस कसैसँग पनि सम्बन्धमा नआएको होस् भन्ने चाहन्छन् । आफू जतिवटा सम्बन्धमा रहेको भएपनि हुनेवाली दुलही चाँहि कुमारी रहेको होस् भने पुरुषको चाहाना हुन्छ ।

  

२ अधिकाँश पुरुषमा आफूले जे गरेपनि आफ्नी हुनेवाली दुलही चाँहि परंपरा मान्ने र धार्मिक वृत्ति भएकी होस् भन्ने चाहाना हुन्छ । कतिपय केटीहरुले पुजा पाठ मन नपराउने पनि   हुन्छन् । तर पुरुषलाई तीजको ब्रत बस्ने र परिवारलाई नै धार्मिक बनाउने खालका केटी मन पर्छन् । अझ आफ्नी दुलही चाहिएको बेला परंपरागत र आधुनिक दुवै बन्न सक्ने स्त्री होस् भन्ने पुरुषको भित्री चाहाना हुन्छ ।

  

३ अधिकाँश पुरुषलाई महिला यौन सम्बन्ध र बाल बच्चा पैदा तथा पालन पोषणका लागि बनेका हुन् भन्ने लाग्छ । तर यो सत्य होइन । बच्चाको जिम्मेवारी आमा बाबु दुवैको   हो । र आधुनिक केटीहरु घर परिवार भन्दा बढी करिअरको पिर गर्छन् ।

 

 ४ पुरुषहरु आफ्नी हुनेवाला दुलहीलाई खाना पकाउन आउनै पर्छ भन्ने ठान्छन् । तर सबै स्त्रीमा पकाउने कला हुन्छ नै भन्ने हुँदैन ।

  

५ पति परमेश्वर भन्ने जमाना गैसक्यो । तर पुरुषहरुको भित्री चाहाना स्त्रीले आफूले एक बचन बोल्दा त्यसको एक शब्द नबोली पालना गरोस् भन्ने चाहन्छन् । आधुनिक नारी भने आफ्नो स्वतन्त्रतामा सम्झौता गर्न नसक्ने खालका हुन्छन् । खासगरी आत्म निर्भर स्त्रीहरुमा स्वतन्त्राको चेतना बढी हुन्छ ।

  

६ रुढीबादी पुरुषहरु महिलाले करिअर भन्दा घरको ध्यान बढी दिनुपर्ने मान्यता राख्छन् । पैसा कमाएर ल्याउनु आफ्नो जिम्मेवारी ठान्ने पुरुष महिलालाई परिवारमा देख्न   चाहन्छन् । अझ कुनै पुरुष त श्रीमतीले आफूले भन्दा बढी कमाएको देख्नै सक्दैनन् ।

 

 ७ अधिकाँश पुरुषको चाहाना आफ्नी हुनेवाली दुलही आफ्ना बाबा आमाको ख्याल गर्ने होस् भन्ने हुन्छ । तर त्यही पत्नीका बाबा आमा भने पुरुषका लागि पराइ लाग्छन् । उनीहरुको पनि हेरचाह गर्नु पर्छ भन्ने कमै पुरुषले सोंच्छन् ।

  

८ पुरुषहरु आफ्नी श्रीमती आफ्नै पुरुष साथीहरुसँग पनि नजिक भएको मन पराउँदैनन् । तर यो शर्त आफूमा लागु गर्न भने चाँहदैनन् ।

 

men women 2

 

 ९ पुरुषहरु आफ्नी पत्नी खुला बिचारकी होस् भन्ने चाहन्न् । खासगरी सेक्स जस्ता विषयमा श्रीमतीले खुलेर कुरा गरेको त पुरुषलाई मन नै पर्दैन । पुरुषहरुले बुझ्दैनन् कि आफू जस्तै महिलाहरु पनि सेक्स जस्ता विषयमा खुलेर कुरा गर्न मन पराउछन् भनेर ।

यदि तपाइँ पनि यी बिचारबाट ग्रस्त हुनुहुन्छ भने समय बदलिइ सक्यो आफ्नो धारणा पनि बदल्नुस् ।