हामी साथी भाइ भेट्दा जहिले पनि अभिवादनस्वरुप हात मिलाउँछौं । हात मिलाउनु शिष्टाचारको महत्वपूर्ण हिस्सा हो

। हात मिलाउनु नै स्वास्थ्यका लागि घातक हुन सक्छ भन्ने सुन्दा चाँहि तपाइँलाई आश्चर्य लाग्न सक्छ । तर यो

सत्य हो ।

हालै गरिएको एक शोधले हात मिलाउँदा एक अर्कामा हातको माध्यमबाट रोगका किटाणु सर्ने र फैलिउने उच्च

जोखिम रहेको देखाएको छ । कुनै संक्रमण फैलिनका लागि हात मिलाउने काम जिम्मेवार हुन सक्ने शोधको निष्कर्ष

छ ।

handshake

 

डेलीमेलमा प्रकाशित शोधमा सार्वजनिक स्थलमा सिगरेट पिउनु र हात मिलाउनु स्वस्थ्यका लागि उत्तिकै खतरनाक

हुने उल्लेख छ ।

यूसीएलएद्वारा गरिएको यो शोधमा शोधकर्ताले हात मिलाउँदा कैयौं प्रकारका संक्रमण फैलिने खतरा उच्च रहेको भन्दै

हात मिलाउनु भन्दा हात हल्लाएर अभिवादन गर्न सुझाव दिएका छन् ।

handshake 1

 

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएशनमा प्रकाशित अर्को शोधमा पनि हात मिलाउनु हाइजेनिक नरहेको उल्लेख छ ।