भनिन्छ प्रेममा परेपछि दुनियाँ गुलावी हुन्छ । उपन्यास वा कथाबाट बाहिर आउने हो भने पनि प्रेममा परेपछि दुनियाँ गुलावी नै नभए पनि थुप्रै अचम्म लाग्ने कुरा भने हुन्छन् ।

आखिर त्यस्तो अचम्म के हो जुन् प्रेममा परेकाहरुलाई मात्र महसुस् हुन्छ । खासमा प्यारले तपाइँको जीवनमा थुप्रै परिवर्तन ल्याउँछ ।

love couple2

 

 

जानिराख्नुस् मान्छे प्यारमा परेपछि आउने ५ परिवर्तनबारेः

जुनबेला पनि उसैको यादः

जव तपाइँ कसैसँग प्रेममा पर्नु हुन्छ जतिबेला पनि उसैको याद आउँछ । निरन्तर कसैको याद आउन थाल्यो भने बुझ्नुस् तपाइँ प्यारमा हुनुहुन्छ । शोधका अनुसार मानिस प्रेममा परेपछि डोपामाइन नामक रसायन शरीरमा वृद्धी हुन्छ र कसैप्रति विशेष भावना आउन थाल्छ ।

भोक प्यास र निद्रा हराउनुः

प्यारमा परेपछि मानिसहरुको भोक प्यास हराउँछ भने रातिमा निद्रा पनि लाग्दैन । कतिपयलाई त विनाकारण रिस उठ्ने समेत हुन्छ । बैज्ञानिकहरु भन्छन् प्रेम कुनै नशा भन्दा कम हुँदैन यसै कारण मानिसको जीवनमा बदलाव आउँछ ।

प्रेम ब्यक्त गर्ने रहरः

जव तपाइँ प्यारमा पर्नु हुन्छ तपाइँलाई मन परेको ब्यक्तिलाई आफ्नो भावना भन्न मन लागिरहन्छ । उसको नजिक जान टाँसिन मन लाग्ने हुन्छ । शोधका अनुसार प्यारको समयमा एण्ड्रोजन जस्तो हर्मोन बढ्दै जाँदा यस्तो अनुभव हुने गर्छ ।

love couple

 

 

अरु भन्दा राम्रो देखिने चाहानाः

म कस्तो देखिएको छु?कुन कपडा सुहाउँछ? अरु भन्दा कसरी राम्रो देखिने भन्ने भावना आउँछ भने सम्झिनुस् तपाइँ प्रेममा हुनुहुन्छ । शोधका अनुसार प्यारको समयमा कुनै एक ब्यक्तिमा फोकस गर्नका लागि मस्तिस्कलाई समेत सहज हुने र प्यारमा पर्नेहरुले प्रेमी जस्तो बन्ने प्रयास गर्ने हुन्छ ।

love couple1