१० जेठ, मोरङ ।

राई थरकी १६ वर्षीया युवतीलाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा केराबारी–५ बस्ने ३१ वर्षीय प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको छ ।

 

जेठ ९ गते राती निज थापा र सोही ठाउँ बस्ने रुबिन बस्नेतसमेतका ३/४ जनाले ती युवतीलाई मोटरसाइकलमा उठाई केराबारी–६ डांगी पिरेचौरी जंगलमा लगि जबरजस्ती अनुचित कार्य गरेको भनी पीडितले ईलाका प्रहरी कार्यालय बेलबारीमा खवर गर्नासाथ प्रहरी टोली खटी गई निज प्रकाश थापलाई नियन्त्रणमा लिएको थियो ।

 

 

फरार अन्यको खोजी भइरहेको र घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।