महिलालाई कस्तो पुरुष मन पर्छ होला भन्ने प्रश्न हरेको पुरुषको मनमा हुन्छ । उनीहरु यो तथ्य थाहा पाउन हरसम्भव प्रयास पनि गर्छन् । तर जीवनभर खोजिगर्दा पनि अधिकाँश पुरुष महिला के देखेर पुरुषमा आकर्षित हुन्छन् भन्ने बुझ्न सकिरहैका हुँदैनन् ।

हालै गरिएको एक सोधेले भने यो प्रश्नको जवाफ दिएको छ ।

लाइभ साइन्स नामक वेभसाइटमा प्रकाशित शोध अनुसार अत्याधिक प्रजनन् क्षमता भएका महिला त्यस्तै उच्च उत्पादन क्षमता भएका पुरुषसँग आकर्षित हुन्छन् ।

dating vs relationship

 

स्कटल्याण्डको स्टर्लिङ यूनिभर्सिटीका शोधकर्ताले गरेको अध्यन अनुसार पुरुषको प्रजनन् क्षमता अनुसार उनीहरुप्रति महिलाको आकर्षण हुन्छ ।

यद्यपी प्रजनन् क्षमता उच्च भएका पुरुषप्रति महिलाको आकर्षण केवल शारीरिक हो । यो आकर्षणकै कारण बैबाहिक सम्बन्धमा परिणत हुन्छ भन्ने निश्चित हुँदैन ।

खासमा महिलाले सेक्सको लागि भने प्रजनन् क्षमता भएका पुरुष खोजे पनि जीवन साथीको खोजी भने उनीहरुले फरक हिसावले गर्छन् ।

मनोविज्ञान र हर्मोनको उत्तिकै भूमिकाः

शोधका क्रममा प्रतियोगी महिलाले उनीहरुको माषिक चक्रका विभिन्न विन्दुमा पुरुषप्रति उनीहरुको भावना कस्तो हुन्छ भनेर बताएका थिए । सेक्सका लागि उच्च प्रजन्न क्षमता भएका र जीवन विताउनका लागि अलि फरक पुरुष चाहिने उनीहरुको भनाइ थियो ।

पुरुषको सेक्स हर्मोनले महिलालाई निक्कै आकर्षित गर्छ ।

शोधकर्ता डेव फेडरिकका अनुसार पुरुषप्रतिको महिला आकर्षणमा सेक्स हर्मोन र उनीहरुको मनोविज्ञान उत्तिकै जिम्मेवार हुन्छ ।

boy girl

 

पुरुषमा हुने टेस्टोरोन नामक सेक्स हर्मोन महिलालाई आक्रषित गर्ने मुख्य कारण हो ।