१३ जेठ, काठमाडौँ । मोरङमा महामारीका रुपमा फैलएिको जण्डिश अहिले राजधानीमा समेत देखिन थालेको छ । राजधानिमा सुविधासम्पन्न महंगा अस्पताल सञ्चालनमा आएपनि जण्डिशका विरामीहरु भने वैद्यहरुद्धारा संचालित जण्डिश उपचार केन्द्रमा धाउन थालेका छन् । यस्ता जण्डीश उपचार केन्द्रले आयुर्वेदिक पद्धतिवाट बढिमा दुई हप्ता सम्ममा जण्डिश निको पार्ने गरेका छन् ।  

“कमलपित्त भएको थाहा पाउनेबित्तिकै आयुर्वेदिक औषधि खाएँ” नयाँ सडककी ३८ वर्षीया मुना लामाले भनिन्, “एकहप्तामै मलाई ठीक भयो ।” “ज्वरो आएको जस्तो भएको थियो, अस्पताल जाने तयारी गर्दा कमलपित्तका लागि आयुर्वेदिक औषधि राम्रो भन्ने सुनेकी थिएँ,” उनले थपिन्, “कुपनटोलको गुरुद्वारा नजिक विशेष आयुर्वेदिक केन्द्रमा गएर आयुर्वेदिक औषधि खाएको एक हप्तामै पूर्ण रुपमा ठीक भयो ।”

“कमलपित्त जडिबुटीबाट एकदेखि तीनहप्तासम्म निको हुने रोग हो, “कुपनटोल गुरुद्धारास्थित विशेष आयुर्वेदिक केन्द्रका प्रमुख वैद्य गणेशबहादुर राउतले भने, “पछिल्लो समयमा कमलपित्त रोग फैलिएपछि एक सयभन्दा बढीको उपचार गरिसकेँ तर सबैको एकदेखि दुईहप्तासम्म ठीक भएको छ ।” राउत नरदेवी आयुर्वेदिक क्याम्पसमा अध्ययन गरेर २५ वर्र्षदेखि केन्द्र सञ्चालन गरी कमलपित्त, मिर्गाैला, कलेजोको आयुर्वेदिक उपचार गर्दै आएका छन् ।

त्यस्तै राउतले मोरङमा फैलिएको जण्डिश आयुर्वेदिक औषधि पुर्‍याउन सकेमा एक हप्तादेखि तीन हप्तासम्म पूर्ण रुपमा निको गर्न सकिने बताए । उनले भने ‘तर सरकारले आयुर्वेदिक क्याम्पस र आयुर्वेदिक अस्पतालमा लगानी गरे पनि त्यसको उचित रुपमा उपयोग गर्न सकेको छैन ।”

मुना मात्र हैन, कमलपित्तका बिरामीका कारण अस्पताल धाउँदा धाउँदा ठीक नभएर गुल्मी जयखानी–८ का २२ वर्षीय दिलबहादुर श्रीषलाई पनि आयुर्वेदिक औषधि दुई हप्ता खाएपछि ठीक भएको छ, जडिबुटीका लागि उनले दुई हजार मात्र खर्च गरे । “पहेँलो रोगका कारण मलाई निकै गाह्रो भइसकेको थियो” उनले भने, “वीर अस्पताल जाँदा पनि गए ठीक भएन तर विशेष आयुर्वेदिक केन्द्रमा गएर एक हप्ता औषधि आएपछि अहिले निको भयो ।”

मुना र दिलबहादुरजस्तै बर्दियाका १८ वर्षीय निराजन चौधरीलाई कमलपित्त रोगका कारण विलुरुविन २७.३ पुगिसकेको थियो तर दुई हप्ता आयुर्वेदिक औषधि सेवनपछि सामान्य १.४ एमजी अवस्थामा आयोे । “निकै गाह्रो भइसकेको थियो, तर आयुर्वेदिक औषधि खाएपछि ठीक भयो” चौधरीले भने, “स्वास्थ्यका लागि जडिबुटीयुक्त औषधि खानुपर्ने रैछ, सस्तो र राम्रो पनि ।”

राजधानीका विशेषगरी सितापाईला र स्वयम्भु क्षेत्रमा सञ्चालित जण्डिश उपचार केन्द्रमा आजभोली पँहेलो रोग लागेका हरुको भिड बढेको  छ । वैद्य काम गर्ने पुर्खाले परापूर्वकालदेखि अनेक वनस्पतिजन्य औषधि तयार गरी विभिन्न खालका रोगहरुको आयुर्वेदिक पद्धविाट उपचार गर्दै आइरहेका छन् ।