१३ जेठ,विराटनगर । गर्मी याम बढेसँगै मोरङमा कालाजारको प्रकोपमा वृद्धि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका अनुसार जिल्लाको ग्रामीण क्षेत्रमा गत वर्षभन्दा यस वर्ष बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । सेनफ्लाई नामक भुसुनाको टोकाइबाट मानिसमा कालाजार लाग्ने गर्छ ।

जनस्वास्थ्य कार्यालयका अनुसार मोरङको दक्षिणपूर्वी गाविस मझारे, भातीगछ, कटहरी, बवियता विर्ता, रङ्गेली र हातीमुढा कालाजार प्रभावित क्षेत्र मानिन्छन् । अघिल्लो बर्षको तुलनामा यस कालाजारका बिरामीको सङ्ख्या वृद्धि भई १३६ पुगेको जनस्वास्य कार्यालय मोरङका प्रमुख नवराज सुब्बाले बताए ।