कुनै जमाना थियो जतिबेला केटी ‘शिलवती सुन्दरी कन्या’ हुनु पर्ने र केटाहरुले केटी छन्ने गर्थे । तर विस्तारै समय बदलिएको छ र केटाले केटी मात्र छान्ने चलन हटिसकेको छ । बरु अव केटीहरुले केटा छान्ने प्रचलन ब्याप्त भैसकेको कुरा बुझ्न विवाह गराउनका लागि खोलिएका म्याट्रिमोनियल साइटहरु हेरे पुग्छ ।

household-chores

सुशील कन्याको ठाउँ अहिले अग्लो गहुँगोरो ह्याण्डस्म पुरुषको खोजि हुन थालेको छ । त्यतिमात्र कहाँ होर अहिले केटीहरुले आफ्नो भावि पति पकाउन जान्ने हुनु पर्ने माग समेत गर्छन् ।

विवाह गराउने उद्धेश्यले खोलिएका साइटहरुमाथि हालै गरिएको एक अध्यनले ५१ प्रतिशत महिलाहरुले आफ्नो पतिले घरको काममा सघाओस भन्ने चाहेको बताए । त्यसैगरी ३९ दशमलव ५ प्रतिशतले त पुरुष पकाउन जान्ने होस् भने भन्ने चाहेको पाइयो ।

विज्ञहरु आधुनिक महिलाहरु पहिलेका भन्दा धेरै स्मार्ट र सचेत रहेकाक कारण उनीहरुको माग पहिलेका महिला भन्दा नितान्त रहेको बताउँछन् ।

modern-couple

परंपरागत महिलाहरु बढी घरकै काममा लाग्ने र बाहिर निस्कन मन पनि नपराउने हुन्थे भने अहिलेका महिला जागिर खान्छन् बरु घरको काममा त्यति वास्ता हुँदैन । त्यसैले पनि महिलाहरुले भान्सामा सघाउने पति रोज्न थालेको यस सम्बन्धी अध्यन गरिरहेकाहरु बताउँछन् ।

modern wedding

 

के हुन् त आधुनिक महिलाले पुरुषबाट चाहने १० कुराः

१ पकाउन जान्नु पर्ने
२ घरका काममा सघाउने
३ विवाह अगाडी एचआइभी जाँच गराउन तयार हुने
४ जसरी पनि श्रीमतिलाई पाल्छु भन्ने ‘पुरुष इगो’ त्यागेको
५ सेक्सको विषयमा खुलेर कुरा गर्ने र विभिन्न आसनको प्रयोग गर्न पनि तयार हुने
६ दाइजो लिनु हुँदैन भन्ने द्धृढ भावना भएको
७ श्रीमतिलाई प्रयाप्त समय दिने
८ श्रीमतिलाई आफ्नी आमासँग तुलना नगर्ने
९ बच्चा पाउनै पर्छ भनेर दवाव नदिने
१० जागिर छोड् नभन्ने

यी कुराहरुलाई विचार पुर्याउन सक्नु भो भने मात्र तपाइँ आधुनिक पति बन्न सक्नु हुन्छ ।